इजरायल रोजगार : १२ दिनमा चार गुणा बढीले दिए आवेदन

काठमाडौ सरकारले इजरायलका लागि खुला गरेको आवेदनमा १२ दिनमा करिब चार गुणा बढी आवेदन परेको छ। एक हजार श्रमिकका लागि साउन १२ गते आवेदन खुला गरिएको थियो। आवेदन २१ दिनसम्म दिन सकिने जनाइएको छ।

वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रमुख डम्बर सुनुवारका अनुसार इजरायल रोजगारीका लागि १९ हजार ९५ जनाले युजर आइडी बनाएका छन्। जसमध्ये कागजपत्र पुर्‍याउने अहिलेसम्म ३ हजार ८०० जना रहेका छन्। आवेदन दिनेमा १ हजार ६५१ जना महिला  र २ हजार १६१ जना रहेको सुनुवारले जानकारी दिए।

नेपाली श्रमिकका लागि इजरायलमा रोजगारी झण्डै ११ वर्षपछि खुलेको  हो। आकर्षक सेवा सुविधा र मर्यादित कार्यस्थल मानिएको इजरायलमा श्रमिकमाथि अत्यधिक आर्थिक भार परेको भन्दै सन् २००९ देखि जान रोक लगाइएको थियो।

रोजगारीमा जान चाहनेले विभागको बेवसाइट गएर अनलाइन फाराम भर्न सकिने छ। सरकारी संयन्त्रमार्फत कामदार पठाउन भएको सम्झौताअनुसार आवेदन खुल्ला गरिएको हो। 

शाखा प्रमुख सुनुवारका अनुसार रोजगारीका लागि इजरायल जानेको मासिक नेपाली रुपैयाँ करिब १ लाख ९३ हजार तलब हुन्छ । कामदारको खानाको प्रबन्ध आफैं मिलाउनुपर्ने छ भने बस्ने व्यवस्था रोजगारदाताले नै मिलाउने छ। 

इजरायलमा ३० प्रतिशत अर्थात् ३०० जना पुरुष र ७० प्रतिशत अर्थात् ७०० जना महिला गरी एक हजार जनाले रोजगारी पाउने प्रमुख सुनुवारले जानकारी दिए। सम्झौतासँगै केयर गिभर क्षेत्र, कृषि क्षेत्र, होटल/रेष्टुरेण्ट, निर्माण लगायतका क्षेत्रमा इजरायलले नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Back to top button