लोकन्थलीमा गाडीले किचेर १७ महिने बालकको मृत्यु

भक्तपुर : भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि शुक्रबार गाडीले किचेर १७ महिनाको बालकको मृत्यु भएको छ ।

खेल्दाखेल्दै पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नं. को निशान गाडीमुनि छिरिरहेको अवस्थामा गाडी अगाडि बढाउँदा किचेर बालकको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपाँलिका वडा नं. ५ घर भइ हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठका छोरा १७ महिनाको सलिन श्रेष्ठको मृत्यु भएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । 

घटनापछि गम्भीर घाइते भइ उपचारको लागि समिट अस्पताल लोकन्थली लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 घटनास्थलमा प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button