एकैदिन १ हजारले बढ्यो सुनको मूल्य, प्रति तोला कति ?

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ।

बिहिबार प्रति तोला ९१ हजार८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको छ।शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button