नेपालको विकाशमा भारतले पुर्याएको योगदानको कदर गर्नुपर्नेमा जोड

मङ्गलबार, ०२ फागुन २०७९ गते वीरगंज राष्ट्रिय एकता अभियानले वीरगंज र झापामा ‘नेपाल–भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ। दुई देशबीचको भौगोलिक, सांस्कृतिक, ब्यापारिक र राजनीतसम्वन्धका विषयमा जानकारी आदानप्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको प्रमुख आतिथ्यमा वीरगंज मा आयोजित कार्यक्रममा प्राध्यापक देवेंद्र मिश्र, समाजसेवी महेश अग्रवाल, सुरेन्द्र नाथ तिवारी,डॉ अजय यादव , सचितानंद सिंह, समाजिक अभियंता ओमप्रकाश सर्राफ लगायतले आफ्नो मनतव्य राखेका थिए। कार्यक्रमका बक्ताहरुले भारत र नेपालको आत्मा एकै भएको तर्क गर्दै नेपालको विकासमा भारतले पुर्याईरहेको योगदानको कदर गर्नुपर्ने बताए ।

कार्यक्रमको अध्यक्ष श्याम तिवारीले गर्नु भएको थियो भने संचालन अभियान निकट विधार्थी परिषदका संयोजक विवेक कुशवाहाले गरेका थिए। यसैगरी, झापामा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल–भारत सहकार्य’ विषयमा कार्यक्रम सम्पन्न भएको छ। अभियानका जिल्ला अध्यक्ष मणिकुमार राईको अध्यक्षता तथा अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष मोहन उप्रेती, विश्व हिन्दु परिषदका अध्यक्ष होमनाथ ढुंगेल, अभिायनकी कोषाध्यक्ष तारा राजवंशी, पुनमकुमारी मुखिया, गणेश सिंह, दिपेन्द्र यादव, दयानन्द गोश्वामी लगायतले बोलेका थिए। कार्यक्रमका वक्ताहरुले नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सहकार्य उदाहरणीय रहेको भन्दै त्यसलाई अझ बलियो पार्न सनातन धर्म संस्कृतिको संरक्षण जरुरी रहेको बताए। उनीहरुले सनातन धर्म संस्कृतिले मात्र देशको राष्ट्रियता जोगिने बताए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button