अब तेस्रो विश्वयुद्धको खतरा !

वर्तमान सायमा अमेरिका र रूसको युद्ध चलिरहेको छ।

एक खोजमुलक र अनुसन्धानमुलुक तथ्य !!
वर्तमान सायमा अमेरिका र रूसको युद्ध चलिरहेको छ।। सन १९९१ जब सोभियत संघ विघटन भयो सो समयमा १५ बटा देश छुट्टिएका थिए ! रसियाले आफ्नो पावर र बर्चस्व जमाएर क्रिमियालाई आफ्नो कब्जामा लियो त्यस समयमा कुनैपनि विश्वका सर्वशक्तिमान राष्ट्र तथा अन्य कुनै राष्ट्रले रसियाको बिरूद्धमा आवाज सम्म उठाएनन।
अमेरिकाको सितयुद्ध चलिरहेको थियो! दोस्रो बिश्वयुद्धको समाप्तिपछि विश्वमा रहेका कतिपय राष्ट्रले आफ्नो शक्ति र,पावर वर्चस्व जमाउनकालागि शक्ति संतुलन र शक्ति संचयका खातिर युनाईटेड स्टेटको जन्म भयो । विश्वमा कुनैपनि राष्ट्रमाथि कुनै राष्ट्रले आक्रमण गरे वा कुनै राष्ट्रले कुनै राष्ट्रलाई कब्जा वा आक्रमण गर्ने खोजेमा त्यसको प्रतिवादकालागि सहयोग गर्ने बहुराष्ट्रिय सेना परिचालन हुने रणनीति सहित अमेरिकाको अगुवाइमा संयुुक्त राष्ट्रको गठन भएको हो । नेपालपनि संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र हो। नेपाल असंलग्न परराष्ट्रनितिको अबलम्वन गर्ने राष्ट्र हो भने संयुक्त राष्ट्रको बडापत्रमा बुद्धका पञ्चशील सिद्धान्त समावेश गरिएको छ। यसै संयुक्त राष्ट्रको मेनडेटलाई प्रयोग गरेर यसको परिणाम अफगानिस्तान , इराक जस्ता देशमन विगतमा विभिन्न बहानामा युद्धहरू हुदै आएका छन।
अमेरिकाको अगुवाइमा इराकका राष्ट्रपति सद्दाम हुसेनले जैविक हतियार परमाणु वम भन्डारण र उत्पादन गरेको आरोपमा सद्दाम हुसेनलाई हत्या गरिएको हो। हाल चलिरहेको भयावह युद्ध रसिया र युक्रेनमा चलिरहेको छ। यो युद्ध विश्व कै दोश्रो युद्धपनि भन्दा खतरनाक हुने देखिएको छ। वास्तवमा यो युद्ध रूस र युक्रेनको नभएर अमेरिका र रसियाको युद्ध हो। यो युद्ध कुनै हातहतियारको युद्ध नभएर आणविक युद्ध हुने संकेत देखिएको छ।
सो समयमा मिखायल गोर्वाचौकले तत्कालीन समयमा रूसले क्रिमिया कब्जा गरेको थियोे! रूस एउटा स्वतन्त्र राष्ट्र युक्रेनलाई आफ्नो कब्जामा राख्न चहान्छ। मिखायलकै पालमा रूसले युक्रेनसंग व्यापार सम्झौता सन्धि गर्न सम्झौतामा राष्ट्रिय हित बिरूद्ध गएकोमा जन बिरोधका कारण तत्कालीन राष्ट्रियपति भागेर रूसमा आएर शरण लिनु पर्ने अवश्थापनि आएको युक्रेनी इतिहास साक्षी छ। युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्की आफ्नो मुलुक बचाउन रूसबाट पटकपटक भएको युद्धबाट आफ्नो देशलाई बचाउन र क्रिमिया जस्तै कब्जा रूसले नगरोस भनी सधैंव सतर्कता युक्रेनी राष्ट्रपतिले अपनाउदै आएका छन।
सोभियत संघको विखण्डन पछि युक्रेनमा लगभग रूसी समर्थक रसियन २०. ५ % बसोवास छ। ति रूस समर्थक हरूले युक्रेनलाई रसियामा गाभ्न पटकपटक झडप भएको यथार्थतापनि रहेको देखिन्छ। यसरी सधैंव रूसको हेपाह पारामा रहेको देशलाई सुरक्षित बनाउन युक्रेनले युरोपेली राष्ट्र र अमेरिकासंग सहकार्य गर्न चाहेको र।युक्रेनी राष्ट्रपतिले सन २०२४ सम्म नेटोको सदस्यतालिने अभिव्यक्ति सार्वजनिक गरेका थिए। रूस युक्रेनले नेटोको सदस्यता लिएमा आफू कमजोर हुने हुदा यहीं बिषयसारलाई रोक्न नै यो युद्धको शुरूवात रूसले गरेको स्पष्ट छ र जसबाट रूस झस्केर युक्रेनसंग युद्धको शुरूवात गरेको हो।
वास्तवमा यो युद्ध अति खतरनाक र मानव संहार हुने युद्धको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विवेचना र विश्लेषण गरिएको छ। सन १९४७ मा अमेरिकाले जापानको हिरोसिमा र नागाशाकीमा अणुवम र मरमाणु वम प्रहार गरेको थियो जसका कारण जापान ५० बर्ष सम्म वम फालिएको भूमि मरूभूमि भयो र ५० बर्ष सम्म हराभरा हुन सकेन। जापानमा यही वमको प्रभावबाट आज सम्म बालबालिका अपांग जन्मिन्छन। यस्तो मानव संहार हुने युद्धको शुरूवात रूसले गरिरहेको छ यसबाट विश्व मानव जगत र कमजोर राष्ट्रहरू संत्रासमा पर्ख र हेरको अवश्थामा छन।
रूसले किन युक्रेनमाथि आक्रमण र युद्ध किन गर्यो ?
युक्रेनलाई रूसले आफ्नो नियन्त्रण वा कब्जा गर्न चहान्छ र पटकपटक रूसले युक्रेनमाथि विगतमा आक्रमण गरेको थियोे यसको मुख्य कारण भनेको युक्रेनले अमेरिकी राष्ट्र र युरोपेली राष्ट्रसंग व्यपारिक सम्बन्ध र आफ्नो देशको सुरक्षार्थ नेटोको सदस्य राष्ट्रको रूपमा आफू स्थापित हुन चहान्छ वसबाट रूस असुरक्षित हुनेहुदा नेटो सदस्यता युक्रनलाई नदिन युरोपेली राष्ट्रसंघ अपिल गर्दै आएको छ।
सन २०१४ मा अमेरिकाको नेतृत्वमा नेटोको ३० राष्ट्र सम्मिलित संगठन बिस्तार गरिएको हो। यसमा नेटोका सदस्य राष्ट्रमाथि अन्य राष्ट्रहरूले आक्रमण र युद्ध गरेमा ३० बटै देशका शक्ति राष्ट्रहरू मिलेर प्रतिकार र सहयोग गर्ने रणनीति रहेको छ। युक्रेनले नेटोको सदस्यता लिएमा रूसलाई खतरा हुने र अमेरिकी सेना युक्रेनमा आई रसियालाई कमजोर पार्ने र रूसलाई घोडा टेकाउने भएको हुँदा यो भयावहको युद्ध रूस र अमेरिकाको हो। जसरी चीनको बिरूद्धमा लडन नेपालको भूमि प्रयोगगरि नेपाल र चीनलाई ध्वस्त पार्न MCC जस्तो घातक सम्झौता नेपालमा लागु गर्न नेपालका नेता खरिद गरेर आज देशमा युद्ध र आन्दोलन भईरहेको छ।
नेपालमा एकप्रकारको यो युद्धपनि चीन र अमेरिकाको हो हुन सक्छ नेपालबाट कालान्तरमा MCC पास भएमा विश्व युद्ध हुन सक्छ । नेपालमा भईरहेको तान्डव नृत्य यसकै एउटा स्वरूप हो।यसमापनि चीन र अमेरिकको लडाइँ हो नेपाल माध्यममात्र हो।
विगतको समयमा इतिहासले प्रमाणित गरेको तथ्य के हो भने अमेरिकका विश्व कै सर्व शक्तिमान राष्ट्र हो। अमेरिका विश्वलाई आफ्नो नियन्त्रणमा लिन चहान्छ । युरोपेली देशहरूको तुलनामा अमेरिकाको शक्ति सन्तुलन दक्षिण एसियामा कमजोर छ। अब विश्वका राष्ट्रहरू विभाजनमा छन कुन कुन राष्ट्र अमेरिकी र रूसी पक्षमा हुन्छन यसमा नेटोका ३० राष्ट्र अमेरिकी पक्षमा हुन्छन भने चीन,पाकिस्तान लगायतका राष्ट्र रूसको पक्षमा उत्रिन्छन। भारत हाल कुनै राष्ट्रको पक्षमा छैन। सहयोग गर्नै परेमा भारतले रूसलाई सहयोग गर्छ।
यहीँ एउटा अहम प्रश्न छ अमेरिककाले सन २००६ डिसेम्बर ४ तारेकमा MCC युक्रेनमा लागु गरेको रहेछ। आज त्यही MCC का कारण युक्रनलाइ सहयोगको नाममा वर्वाद पार्दैछ। युक्रेमा यो गोलावरीको युद्धबाट २०४ जनाको ज्यान गईसकेको छ भने दर्जनौं सेनाको युद्धमा मृत्यु भएको छ। युक्रेनमा रहेका नेपालीहरूको जीवन मृत्युको दोसाँधमा छन नेपाल सरकारले यस्तो संवेदनशील बिषयमा जन सुरक्षाको सवालमा मौन छ। देशका नेता देशलाई अमेरिकालाई जिम्मा दिन जनतालाई सडकमा लडाएर नेपाल र नेपाली जनतामाथि दमन गरिरहेका छन। यी बिदेशीका खेतालाहरूले यो देश र दुनियाँकालागि दुर्भाग्यपूर्ण विडम्बना हो। अमेरिकाले युक्रेनमा हवाई सेना हातहतियारसहित मिसाइल सहित अमेरिकी सेना झारेको छ। क्यानाडा र बेलायतलेपनि हातहतियारसहित सुसज्जित सेना युक्रेनमा पठाई सकको छ।
विगतको समयमा एउटा वैज्ञानिकले संभवतः तेस्रो विश्वयुद्ध रसियाबाट हुन्छ भनेर भविष्यवाणी गरेका थिए। विश्व कै तुलनामा रूस मरमाणु वम र अणुबममा शक्तिशाली छ। परमाणु वम ३३३२ बढी गुणा शक्तिशाली बम रूसमा भन्डार छ। यदि यो युक्रेन रूसको युद्ध कुटनैतिक हिसावमा नरोकिएमा संसार नै ध्वस्त हनेछ। यसको असर रूस र युक्रेनलाईमत्र नपरेर युरोपेली देश अमेरिक र दक्षिण एसिया समेतमा प्रभाव पर्नेछ। जसका कारण आणविक युद्ध नहुन सक्छ। यसबाट फाईदा न अमेरिकालाई हुन्छ न रसियालाई। यो वर्तमान युद्धको तुक के हो भने युक्रेन स्वतन्त्र र अविभाज्य देशको रूपमा स्थापित हुन चहान्छ भने अमेरिकाले रूसलाई उसको शक्ति कमजोर बनाउन चहान्छ।
यदि यो युद्ध नरोकिएमा कथंकदाचित आणविक युद्ध भएमा पहिलो र दोश्रो विश्वयुद्ध भन्दा १० गुना मानव संहार हुने निश्चित छ। देशका जनता र राष्ट्रलाई बचाउन युक्रेनका राष्ट्रपति आफै युद्धमा सैनिक ड्रेस लागाएर भलोदिमिर जेलेम्की युद्धमा छन। उनको राष्ट्र ,राष्ट्रियता ,राष्ट्रिय स्वाभिमान र जनप्रेमको सवालमा सलाम गर्नु पर्ने हुन्छ भने हाम्रा देशका नेता आफ्नो मातृभूमिलाई बेचेर अर्बौं पैसा खान र अमेरिकी दास जनतालाई बनाउन सदनमा बोलकबोल गरिरहेका छन। धिक्कार छ देशका नेतृत्वहरूमा।
यो विश्व मानव जगत र जीवनसंग गाँसिएको प्रश्न हो यो युद्धको भडकाउमा विछिन्वादीको उपस्थितिले थप दुर्घटना निम्तिने पक्का छ। यसमन रूसी राष्ट्रपति भदाव्दिन पुटिन पछाडि हटने पक्षमा नदेखिएका कारण अब तेस्रो विश्वयुद्धको खतरा बढेको छ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button