आज सुनको भाउ ह्वात्तै बढ्यो, तोलामा कति ?

७ माघ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । 
यसैबीच बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button