प्रहरीलाई नै लात्ताले हानेर थुनुवा फरार, जिल्ल खायो प्रहरी

काठमाडौं। नेपालमा थुनुवालाई कुनै ठाउँमा स्थानान्तरण गर्दा उनीहरु भाग्ने गरेको खबर सार्वजनिक हुनु सामान्यजस्तै भइसकेको छ।

प्रहरीकै पञ्जाबाट थुनुवाहरु सजिलै उम्किन्छन् र उनीहरुलाई खोज्न फेरि प्रहरीलाई नै सास्ती हुन्छ।

यसैबीच जिल्ला प्रहरी काभ्रेको हिरासतमा रहेका एक थुनुवा प्रहरीलाई चक्मा दिँदै फरार भएका छन्।

काभ्रे महाभारत गाउँपालिका वडा नम्बर ६ का सुनिल बाइवा प्रहरीलाई लात्ताले हानेर भागेका हुन्।

पूर्पक्षका लागि जिल्ला कारागार ल्याउने क्रममा प्रहरीलाई लात्ताले हानेर काभ्रे महाभार ६ का सुनिल बाइवा फरार भएका हुन्।

उनी चोरी तथा डाँका मुद्दामा पक्राउ परेका थिए।

जिल्ला प्रहरी कार्यालयले बाइवा फरार भएको स्वीकार गरेको छ। प्रहरीका अनुसार उनले पानी प्यास लागेको बताएका थिए।

पानी खान दिँदा हतकडी टाइट भयो लुज गर्दिनुस् भनेपछि प्रहरीले लुज गर्न खोज्दा लात्ताले हानेर उनी फरार भएका हुन्।

हाल प्रहरी बाइवाको खोजी गरिरहेको छ। यो घटनाले काभ्रेमा प्रहरीको चेन अफ कमाण्ड कमजोर बनेको प्रस्ट देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button