प्रहरीले भगवती अधिकारीको घरमा छड्के हान्दा प्रदिप कार्कीसहित १४ जना पक्राउ

चन्द्रागिरी नगरपालिका १ दहचोक कार्की धारास्थित भगवती अधिकारीको घरमा ता’स खे लिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय प्रदिप कार्की लगायत १४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जु’वाता’स खेलाई रहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६४ हजार ३ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सांकेतिक तस्बिर

त्यस्तै , अ वैध स्याउसहित एक पक्राउ
अवैध रुपमा भारततर्फ त स्क री ग री लैजान लागेको ८५ कार्टुन स्याउ प्रहरीले आज ब राम द गरेको छ ।

भारतीय सीमा नजिक सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ मा भारततर्फ लैजाँदै गरेको दुईवटा ठेला रोकी जाँच गर्दा २५ कार्टुन र स्थानीयवासी मनोज मुखियाको गोठबाट ६० कार्टुन स्याउ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

प्रहरीलाई देख्नासाथ स्याउ ओसार्दै गरेका एकजना ठेला चालक भागी फरार भएको र अर्का ठेला चालक हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ का ४० वर्षीय शिवम् पण्डितलाई प्रहरीले पक्राउ गरेको छ ।

भारततर्फ लैजाँदै गरेको दुई ठेलामा २५ कार्टुन स्याउ ब रा मद भएको छ । सोधपुछका क्रममा पक्राउ परेका पण्डितले सोही ठाउँका मनोज मुखियाको गोठबाट स्याउ ल्याएको बताएपछि सो ठाउँमा खानतलासी गर्दा थप ६० कार्टुन स्याउ फेला पारेको हो ।

आवश्यक कानुनी कारवाहीका लागि पण्डितसहित करिब तीन लाख ४५ हजार मूल्य बराबरका ८५ कार्टुन स्याउलाई राजविराज बेल्ही भन्सार कार्यालय तिलाठीमा पठाइएको प्रहरीले जनाएको छ ।

महानगरपालिकाले भन्यो, ‘हामी फोहर उठाउँदैनौं घर भित्रै राख्नुस्’ के हो कारण ?

काठमाडौं महानगरपालिकाले आफ्नो घरवाट निस्कने फोहर केही दिन घरभित्रै राख्न आग्रह गरेको छ ।

फोहर सडकमा यत्रछत्र हुन थालेपछि महानगरपालिकाले यस्तो आग्रह गरेको छ ।

महानगरले अझै केही दिन फोहोर नउठाउने जनाएको छ ।

महानगरले उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिसडोल ल्यान्डफिल्ड साइटमा पु¥याउने गरेको थियो ।

हाल ल्यान्डफिल साइटको सडक बिग्रेकाले मर्मत गर्नुपर्ने अवस्था छ । यता केही दिनदेखि फोहोर उठ्न नसक्दा काठमाडौंका सडकमा फोहोरको डंगुर देखिन थालेको छन् ।

सडकमा हिड्दा पनि नाक बन्द गर्नुपर्ने अवस्था छ । सडक दुर्गन्धित हुनेगरी फोहर थुप्रन थालेपछि महानगरले घरभित्रै केही दिन ब्यवस्थापन गर्न भनेको हो ।

यद्यपि केही दिन फोहोरलाई घरभित्रै राख्न महानगरले अनुरोध गरेको छ । महानगरले सोमबार सूचना जारी गर्दै अझै केही दिन फोहोर नउठाइने बताएको छ ।

सुचनामा भनिएको छ, ‘ल्यान्डफिल्ड साइट सुचारु भएपछि फोहोर लिन घर दैलोमा आउने व्यहोरा सादर अनुरोध गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button