
वर्षाले एकैरातमा १७ लाखका कालिज म:रेपछि…
लगातारको वर्षाका कारण पोखराको एक कालिज फार्ममा पालिएका ६ सय ११ वटा कालिज म’रेका छन् ।

आइतबार साँझदेखि परेको लगातारको वर्षाको कारण पोखरा महानगरपालिका वडा नं – ११ काहुँ स्थित ‘ससु कालिज फार्म’ मा रहेका ६ सय ११ वटा कालिज म’रेका फार्म सञ्चालक सुवास गुरुङले जानकारी दिनु भयो ।

आफूले व्यावसायिकरूपमा कालिज पालन गर्ने उद्देश्यले ११ सयको सङ्ख्यामा चल्लाहरू ल्याएर राखेकोमा एक दिन अघि मात्र कालिज फार्ममा ९ सय ३० वटा कालिजको चल्ला हालेकोमा ६ सय ११ वटा चल्ला मृत भेटिएको सञ्चालक गुरुङले बताउनु भयो । उहाँका अनुसार १ सय ७० चल्ला भने हुर्काउने क्रममै त्यस अघि नै म’रेका थिए ।
हाल फार्ममा करिब तीन सयको सङ्ख्यामा मात्र जिउँदा कालिज रहेको गुरुङले बताउनुभयो ।
गुरुङले भन्नुभयो ‘९६ दिनसम्म कोठामा राखेर हुर्काएका चल्ला खुल्ला आकाश मुनिको खोरमा छाडेको केही घण्टामै लगातार पानी परेको कारण म’रेका हुन् ।
’ पोथीले अण्डा पार्न थाले पछि मात्र कालिजको मासु खान उपयुक्त हुने भन्दै उहाँले बाँकी रहेका चल्लालाई बचाउन आफूले पहल गरिरहेको बताउनु भयो ।
कालिजलाई घाम, पानी, जाडो र गर्मीले असर गर्दैन भनेर उनलाई भनिएको थियो। अन्य प्रजातिका पशुपंक्षी पाल्नभन्दा कालिजमै उनले धेरै फाइदा देखे।
‘एउटै कालिजको मूल्य ३५ सय पर्छ, जाडो, गर्मी र पानीले केही गर्दैन भनेर कालिज फार्म खोलेको हुँ,’ गुरुङ्गले भन्नुभयो, ‘१४ घन्टासम्म परेको भारी वर्षा पानी कालिजले सहन सकेन।’
विगत केही वर्षदेखि व्यवसायीक रुपमा बाख्रा पालन गर्दै आउनु भएका सुवासले पछिल्लो समयमा कालिजको माग बढेसँगै कालिज पालन व्यवसायतर्फ लाग्नु भएको थियो । ‘
अब तीन महिनापछि कालिज बेच्ने बेला हुन्थ्यो,’ उंहाले भन्नुभयो, ‘फार्ममै कालिज मर्दा मेरो १७ लाख रुपैयाँ क्षति भयो।’
कालिज पाल्दा पहिलो चरणमै ठूलो नोक्सानी ब्यहोरेका गुरुङले हिम्मत भने हार्नुभएको छैन। उंहाले फेरि कालिजका नयाँ चल्ला अर्डर गर्नुभएको छ। १/२ दिनमै ५ सय वटा चल्ला ल्याउँदै हुनुहुन्छ।
पोखरामा रहेका अन्य कालिज फार्मबाट चल्ला अर्डर गरेको उंहाले बताउनुभयो ।



