देशमा द्वन्द्व शुरू भयो: कृष्ण प्रसाद शर्मा पन्थी

देशमा द्वन्द्व शुरू भयो। व्याख्यात्मक टिप्पणी उठाएर देश जिम्मा लगाए देशका प्रधानमन्त्री र पार्टीका उच्च सबै नेतृत्वहरूले।
देशको श्राप लाग्छ। मातृभूमिको अपमान गरे। जनताको आवाजलाई कुल्चिए राष्ट्रघाती देशका विदेशी दलाल शासकहरूले।
विगत ४ बर्षदेखि नेपालमा मन्दबिषको रूपमा ल्याइएको अमेरिकी कम्पनी MCC का वारेमा ६/६ बटा सरकारले गन्थन मन्थन गरे विभिन्न कालखण्डमा हरेक पार्टीका नेताले यसका वारेमा सकारात्मक र नकारात्मक टीका टिप्पणी गरे।
यो MCC सम्झौता नेपालमा लागु गर्न हुदैन भनेर जन नागरिक ,विज्ञ ,बिष्लेषक परराष्ट्र विद,नेपाल र नेपालीका शुभचिन्तक विदेशी समेतले पटकपटक नेपाली नेतृत्व र सरकारलाई खवरदारी गरे। यो राष्ट्रघाती सम्झौता हो। यसको सदनबाट अनुमोदन त परै जावोस पुर्णतया खारेज गर्नु पर्छ भनेर सारा नेपाली जनाले सरकारलाई खवरदारी गरे राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत व्यापक विरोध र आन्दोलन भए तरपनि MCC व्याख्यात्मक टिप्पणी उठाएर सदनबाट पास गरेरै छाडे।
देशलाई द्वन्द्वमा होमेर जनालाई लडाएर देशका नेता विदेशीका गोठाला र खेतालाहरूले आफ्नो महाप्रभूको आदेशको पालना गरे। वास्तवमा पैसाकोलागि यति सम्म गिर्छन जस्तो लागेको चाहिँ थिएन तर देशका नेता र पार्टी नेपाली काँग्रेस! ऐमाले, मावोवादी र जसपा जस्ता राष्ट्रिय पार्टीका सांसदहरू मिलेर देशलाई बिधिवत रूपमा जिम्मा दिई अमेरिकलाई यो नेपालको अहिले सम्मको इतिहासमा फाल्गुन १५ लाई कालो दिनमा रूपमा नेपाली जनता मुलुक,माटो र इतिहासले समीक्षा गर्नेछ।
यश सम्झौताको मुख्य पात्र र चरित नेपाली काँग्रेस हो। यसमा देशको प्रधानमन्त्री शेर बहादुर देउवा प्रमुख पात्र हुन भने यो व्याख्यात्मक टिप्पणीकारको मुख्य नाईके गगन कुमार थपा हुन। यिनीहरू अमेरिकी सरकारबाट संचालित पात्र हुन। देशमा जनताले नचाहेको देशलाई घाटामात्र होइन देश नै नरहने राष्ट्रघाती सम्झौता पास गर्न विगत ४ बर्षदेखि पार्टी र पार्टीका शीर्ष नेतृत्वमा घम्साघम्सी चलिरह्यो। २०७४ साल भाद्र २९ गते तत्कालीन प्रधानमन्त्री र तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की वर्तमान प्रधानमन्त्री र वर्तमान संचार मन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्र बहादुर कार्की यो सम्झौताका हस्ताक्षरकर्ता हुन। देशको मन्त्री सम्मको मानिसले यस्तो घृणित लज्जास्पद र आपत्तिजनक सन्धि सम्झौता गर्न किन हात काँपेन कति सम्म निर्दयी र व्यभिचारी र विखण्डनकारी रहेछन भन्ने सवालमा यस्तो अपराध देशप्रति गद्दार संसारमा अन्य मानिसमा हुनै सक्दैन।
प्रमाणको सामुन्ने तर्क वितर्कले कुनै काम गर्दैन। MCC सम्झौतामा लेखिएका सबै बिषयबस्तु स्पष्ट छन। MCC को अंग्रेजीमा लेखिएका शब्द अति कठिन, अति मार्मिक र सबै नेपाल र नेपालीकालागि आपत्तिजनक छन तरपनि देशको र जनताको स्वार्थमा नभएको यस्तो राष्ट्रघाती सम्झौता पास गर्न सफल भए।
देशका जनता सडक आन्दोलनमा सरकारलाई खवरदारी गरिरहेका छन। सडक तातेको छ प्रहरी र जनता बिच झडप भएको छ। सदनलाई चारैतिरबाट काँडेतार लगाईएको नागरिकले सदन सांसद भवन घेराउ गरेका छन। प्रहरीले टियर ग्यास, लाठीचार्ज गरिरहेको छ सडकमा ढुंगा मुडा भएका छन। जनता र प्रहरी घाइते भएका छन। मानौ देशमा एउटा युद्ध भएको अनुभुती भएको छ। दर्जनौं प्रदर्शनकारी र प्रहरी घाइते भएका छन। सडकमा चर्का नाराहरू लागेका छन। यस्तो हुदाहुदैपनि देशका अभिभावकले न जनताको आवाज सुने न जन खवरदारीको गुनासो सुने।
ऐमाले र मावोवादीले त गजवको नाटक मञ्चन गरे। प्रचण्डले र माधवकुमार नेपालले यो MCC पास गर्द‌नौ भनेर अभिव्यक्ति दिएर जनतालाई बेवकुफ वनाए। यहाँ सम्म कि आफ्ना कार्यकर्तालाई सडकमा प्रहरीलाई ढुंगा हान्न र बाटोमा रहेका भौतिक संरचना सम्म भत्काउन लगाए प्रचण्ड ,वावुराम र माधवकुमार नेपाल सदनमा गएर MCC को हिसाब किताब मिलाए । शेर बहादुर देउवाले ऊर्दी लगाए मलाई सहयोग गरेर MCC अनुमोदन गर्ने कि सरकार छाडने सम्मको धाक लगाएर ऐमालेलाई साथमा लिएर MCC पास गर्न बालकोट केपी वलीकाहाँ देउवा पुगे पछि केपी वली बालकोटबाट बालुवाटार पुगे केपी वली र शेर बहादुरको भेटवार्ताको फोटो बाहिरियो तब प्रचण्ड ,माधव र बाबुरामको सातोपुग्लो गयो।
अब भएन देउवाले के.पीलाई साथमा लिएर सरकार बनाएर MCC पास गरेभने हामी त सडकमा सडकमात्र होइन सडकमा बसेर भिख मागेपनि जनताले दिदैनन। अब सत्ता पावर, कुर्सी मान, सम्मान र आफ्ना लुटन पठाइएका मन्त्री र अन्य सबै पद चट हुन्छन। माधवकुमार नेपाल पक्षका सांसदहरूपनि कारवाहीमा पर्छन पार्टीको साधारण सदस्यपनि रहदैनन तसर्थ देउवालाई छाडन हुन्न भनेर यिनीहरूले सत्ताकालागि MCC पास गर्दैनौं बरू सरकारबाट बाहिरन्छौ भनेका मनकुने र प्रचण्ड दुई जिव्रे प्रवृत्तिलाई निरन्तरता दिदै देश बेच्ने सम्झौतामा हस्ताक्षर ठोक्ने निधो गरेर ठोकी हाले।
यो MCC पास गराउना ठुलो हात गगन कुमार थापाको छ। यसमा जसरी महाकाली सन्धि गर्दा संकल्प प्रस्तावको तुर्फ फालेर विजुली उत्पादन गरेर राष्ट्र सम्मृद्धि तर्फ उन्मुख हुन्छ भनेर जनतालाई भ्रम जालमा पारेर महाकाली नदीको सम्पुर्ण स्वामित्व नेपालको हुदाहुदैपनि २०४६ सालको वन आन्दोलनमा भारतले सहयोग गरेको भनी यहीँ पुर्व सर्त र सम्झौता बमोजिम भारतलाई उपहार दिएका थिए। त्यसैगर भियना कनभेन्सको आडमा व्याख्यात्मक टिप्पणी बनाई MCC पास गरे भियना कन्भेनसनकै व्याख्यात्मक टिप्पणीले कानुनी र अन्तर्राष्ट्रिय मान्यता पाउने स्पष्ट उल्लेख छ।
यसै विषयमा अमेरिकालाईखुशी पार्न र आफ्नो अभिष्ट पूरा गर्न देशलाई नै आफ्नी मातृभूमिलाई पराईलाई बलात्कार गर्ने जिम्मा दिए। यसमा पहिला संकल्प प्रस्ताव पास गरेर गर्ने भनेका थिए र पछि व्याख्यात्मक टिप्पणी बनाएर जुन बिषय र बुँदामा जन विरोध थियोे तिनै बिषयलाई आधार बनाएर एउटा कागज त्यो पनि च्यात्तिएको पानामा १० बटा बिषय बुदाँ कोरेर सदनमा नाटक मञ्चन गरे। जनतालाई भ्रमको जालो बिछाए। हामी महान राष्ट्रवादी हौ भनेर रोष्टममा नै बडो फुर्तिका साथ सम्बोधन गरे मानौ अमेरिकाले देशको प्रधानमन्त्री नै गगनलाई बनाउछ जस्तो गरेर गर्जिए गगन।
के हो व्याख्यात्म टिप्पणी ?
यो देशका जनतालाई भ्रममापारी देश बेच्ने भर्पाई हो। यो भर्पाईबाट जनतालाई हामीले कसरी राष्ट्रघात गर्छौ हामी त महान राष्ट्रवादी हौ। कहाँ नेपालमा अमेरिकी सेना आउँछ, हाम्रो जल जमीन सबै अधिकार हाम्रो नियन्त्रणमा हुन्छ। कानुन भन्दामाथि यस्तो सम्झौता हुनै सक्दैन।
हामीले चाहेमा ३० दिनमा फिर्ता गरिदिन्छौ भनेर नक्कली अनुहार र चरित्र देखाए। यो टिप्पणीले न राष्ट्रिय मान्यता पाउछ, न यसको कुनै मान्यता हुन्छ, न यसलाई अमेरिकाले स्वीकार गर्छ, न यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विधि सम्मत हुन्छ। यो त आन्दोलनमा रहेका जन नागरिकलाई झुम्क्याउने चाल हो।स्पष्ट छ कि २ महिना पहिला यिनै बिषय र बुँदामाथि स्पष्ट धारणा चाहियो भनेर १० बटा प्रश्न यिनै राष्ट्रघातीले MCC प्रधान कार्यालयमा पठाउदा अमेरिकाले जवाफ के दिएको थियोे र अमेरिकी राजदूतले के भनेका थिए यो MCC सम्झौतामा भएका कुनै बिषय परिवर्तन गर्न सकिदैन यहाँ सम्म कि यसमा, ईन्तु,किन्तु,परन्तु ,फुल स्टभ, पुर्ण बिराम सम्म संशोधन र परिवर्तन हुदैन भनेर जवाफ दिएको थियोे भने यो नौटंकीको कुनै अर्थ हुन्छ ? यो नेपाली मातृभूमि जनता र स्वयं पार्टीका कार्यकर्ता समेतलाई दिएको धोका हो।
अब के हुन्छ ?
अब देशमा द्वन्द्व मच्चिन्छ। पार्टीका कार्यकर्ताले दिनप्रतिदिन पार्टीको साधारण सदस्य नरहने गरि पार्टी छाड्छन। देशमा रहेका पार्टीका कार्यालय तोडफोड आगजनी हुन्छन। जहाँ यी राष्ट्रघाती नेता भेटिन्छन त्यही जनताले आक्रमण गर्छन। यिनीहरू सुरक्षित रहदैनन। यिनहरूको घरघरबाट थुतेर जनता र स्वयं यिनका कार्यकर्ताले बाँकी राख्दैनन किनकि कार्यकर्ता युवालाई सडकमा उतारेर प्रयोग गरे। आफुहरूले अर्बौं प‌ैसा खाएर देश लिलाम गरे यो सवाल देशको हो। यिनीहरू अब जनतामाँझ जाने हैसियतपनि गुमाए देश र जनतालाई रूवाए। जिऊदै मरेतुल्य भए !!
विकल्प के हुन सक्छ ?
यिनीहरूको कुकर्मका कारण जन नागरिक ,आफ्ना कार्यकर्ता स्वयं आफ्ना परिवार समेतको विश्वास गुमाएका छन। यिनीहरू जे जति पावर,सत्ता र कुर्सीको दुरुपयोग गरे यसको कुनै क्षेमा दिने न कानुन छ न समाधान ! देशको मानहानी मात्र होइन देश नै परचक्रीलाई जिम्मा लगाए । यो सवाल हो राष्ट्र को, सवाल हो जनताको सार्वभौमसत्ता को, सवाल हो राष्ट्रिय स्वाभिमान को र स्वाधीनता को ? यस्तो संवेदनशील विषयमा राजनीति ,पार्टी ,आश्था,सिद्धान्त विचार र निष्ठाको कुनै अर्थ रहदैन ।
आज युक्रेनको अवश्था हेरौ। सन २००६ डिसेम्बर ४ तारेखमा MCC सम्झौता भएको थियोे त्यसैको परिणाम युक्रनी जनताले आज कति दु:ख पाइरहेका कति मरिरहेका छन। यो युद्ध अमेरिका र रूसको हो तर युक्रनी जनता युद्धको चपेटामा छन कतिखेर मरिने हो उनीहरूलाई थाहा छ‌ैन। नेपालमापनि त्यही हो अमेरिका र चीनको युद्ध नेपाली भूमि र नेपाली जनता अर्थहीन र मुल्यहीन भएर लाचार हुने देशको अश्थित्व समाप्त हुने डिजाइन र राष्ट्रघाती कदमले जनता मार्ने चाल हो ।
अमेरिकाले जसरी अफगानिस्तानबाट अफगानिस्तानी राष्ट्रपति असरफ घानीलाई शरणार्थी बनायो त्यसैगरी युक्रेनी राष्ट्रपतिलाई देश छाडन आदेश दिएको छ अमेरिकाले ! संभवत आजको युग डिजिटल युग हो र रूससंग शक्तिशाली परमाणु वमको बिशाल भन्डार छ। कही कतै यो आणविक हतियार प्रयोग भएमा विश्व नै ध्वस्त हुने नरसंहार हुने विश्वयुद्ध हुने संकेत देखा परेको छ। भारत मौन छ। चीनको विश्वास देशका हरेक पार्टी र उच्च नेतृत्वले गुमाई सकेका छन।
देशका नेता नेपाली जन नागरिकबाट गिरेका छन। यसमा यो देश बेच्ने टिप्पणी गलत थियोे भनी प्रतिनिधि सभा पुनः बोलाएर पुर्ण वैठकबाट MCC खारेज गर्नु पर्यो ह‌ैन भने जनताले त छाडदैनन। पहिला महाकाली सन्धि गरेर भारतलाई दान दिए जस्तो सजिलो छैन ! जनता सचेत भएका छन।
महाकाली सन्धि हुँदा यिनै शेर बहादुर देउवा, रामचन्द्र पौडेल , के. पी वली ,माधव नेपाल , पशुपतिशमशेर ,प्रकाश चन्द लोहनी यिनीहरू नै सत्तामा थिए। महाकाली सन्धि हुदा संयोजक पुर्व प्रधानमन्त्री के.पी वलीले भनेका थिए महाकाली सन्धि भएपछि भारतले विद्युत उत्पादन गर्छ नेपाललाई वार्षिक १ खर्ब २० अर्ब आम्दानी हुन्छ भनेर खै १ रूपैयाँ फाईदा भयो देशलाई यस्ता बकुम्फासे नेता लम्पसारवादीबाट नेपाली जनता, यिनकै पार्टीका कार्यकर्ता र देशले पीडा वाहेक के पायो ? मलाई अहिले आएर सभासद भवनमा राजेन्द्र महतोले भनेका थिए को को राष्ट्रघाती कसले बेचेको हो महाकाली भनेर प्रश्न गरेका थिए तर जवाफ रोष्टमबाट आएको थिएन तर आज आएर राष्ट्रवादी र राष्ट्रघाती छुट्टिएका छन।
चीन रुष्ट छ उसले कतिबेला के गर्छ थाहा छैन। सारा जनता यी।राष्ट्रघाती नेतृत्वदेखि रूष्टछन कतिबेला को कहाँ मारिन्छन ठेगान छैन । रूसपनि रुष्ट छ संभवत : रसियाले नेपाल स्थित राजदुतावास फिर्ता गर्ने जानकारी आएको छ।
अन्तर्राष्ट्रिय जगतमा नेपाली नेतृत्वप्रति नेपाल नेपालीको हित चहाने राष्ट्र हरू नेपाली नेताप्रति घृणा र र वितृष्णा जागेको छ। MCC अब देशमा देशको शासन प्रणाली ,पद्धति , पात्र नै परिवर्तन गरेर विगतमा भएका कोशी , गन्डक,टनकपुर, महाकाली समेतका असमान सन्धि सम्झौता खारेज गर्न जनताले हाम्रो होइन राम्रो मानिसलाई सत्तामा पुर्याउनु वाहेक कुनै विकल्प छैन।
हालको अपडेट के छ ?
हिजोबाट देशको पश्चिमी भागबाट द्वन्द्व प्रारम्भ भएको छ। देशभक्त नागरिकले असन्तुष्टि व्याक्त गरेका छन। नेपाली काँग्रेस ,एमाले र जसपा लगायतका राष्ट्रघाती नेतृत्व र पार्टीका पार्टी कार्यालयहरू आगजनी ,तोडफोड भइरहेका छन।
यस्तो गलत निर्णय राष्ट्रघात र जनघात गरेकै कारण देशमा आन्तरिक द्वन्द्व शुरू भएको छ। यस्को धनजनको क्षतिको जिम्मा स्वयं सरकारले लिनु पर्ने हुन्छ।
देशका खातिर आफ्नो अभिमत जाहेर गर्नु होला। स्वतन्त्र राजनीतिक बिष्लेषक राष्ट्रप्रेमी ! कृष्ण प्रसाद शर्मा पन्थी ।। जय जननी। जय मातृभूमि नेपाल।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button