घरमा पहिरो खस्दा श्रीमानको निधन, श्रीमती बेपत्ता

काठमाडौ । कैलालीमा घरमाथि पहिरोवाट पहिरो खस्दा श्रीमानको निधन भएको छ भने श्रीमती हराएकी छन् ।

कैलालीको दुहुँ गाउँपालिका(१ बस्पालीका नरसिंह महराको निधन भएको छ भने उनकी श्रीमती बेपत्ता भएकी छन् ।

प्रहरीले महराकी श्रीमती कौशीदेवि महरा बेपत्ता भएकाीछन् ।

घरमा श्रीमान(श्रीमती मात्रै बसेको अवस्थामा घर पहिरोले पुरिएको स्थानियले जनाएका छन् ।

घटनास्थलमा पुगेको प्रहरीले स्थानियको सहयोगमा महरा दम्पत्ती खोजी गरेको थियो । प्रहरीले श्रीमानको शव फेला पारेको थियो भने श्रीमती अझै फेला परेकी छैन ।

यस्तै पहिरोले घर पुरिदाँ दुहुँ गाउँपालिका ५ दुल्ला बस्ने मनुवा डडाल बेपत्ता भएका छन् भने उनका श्रीमती उजली डडाल र छिमेकी जनक राम पार्की घाइते भएको स्थानीय लोकेन्द्र बमले जानकारी दिए ।

अक्सिजन समयमै नपाउदा मलेशियामा कार्यरत बझाङका अमरको मृत्यु

मलेशियामा बैदेशिक रोजगारीमा रहेका बझाङ केदारस्यु गाउपालिका ५ का अमर गुर्धामीको मलेशियामा कोरोना संक्रमित भएर बेलैमा अक्सिजन सहितको उपचार ढिला हुँदा मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।

अमर सात वर्षदेखि मलेशियामा कार्यरत रहेका थिए ।

अचानक उनी बिरामी परेका अमरले सामान्य ठानेर ड्युटी गरेको तर पछि संक्रमण पुष्टी भएपछि पनि अस्पताल लान तीन दिन ढिला गरिएको र उपचार ढिलो पाँउदा ज्यान गएको आफन्तले बताए ।

अक्सिजनको अभावमा छ’ट्पटा’उदै गएका अमरलाई काम गर्ने कम्पनी सम्म पुर्याएपनि एम्बुलेन्स आउन ढिला भएका कारण ज्यान गएको उनका आफन्ती समीर बोहराले जानकारी दिए ।

अहिले अमरको शबलाई नेपाल पठाउन समस्या भएकाले मलेशियामै हिन्दु संस्कार अनुसार अन्त्यष्टीको प्रयास भईरहेको बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button