सेतो हेडफोनवाली

  • यज्ञराज गिरी

काठमाण्डौँ : फेसबुकमा भेटिएको उसको तस्बिरले मेरो मन वर्षात पछिको बगर झै बनायो। सेतो हेडफोनमा सजिएकी उ एकै पलमा मेरो आँखामा प्रवेश गरि मनमा राज गर्न थालि, न उसको अनुहार याद छ मलाई न पहिरन बस त्यहि एउटा सेतो हेडफोन, खै के सुन्दै थिई दुबै कान हेडफोनले टिमिक्क ढाकेकी थिई ।

त्यो पहिलो भेट बन्यो उ सँगको मेरो, केहि दिन उ मेरो मनमा घुमिरही तर फगत बने उ सँगका सबै यादहरु भेट्ने सबै आशहरु। न उसको बास थाह छ न उसको खास, कसैलाई सुम्पिसकेको मन हो या सुम्पिनु बाँकि केहि थाहा भएन खालि सेतो हेडफोन बालि मनभरि डुल्न थालि समय संगै कयौं रात अनिदा बिते लाग्थ्यो दिनको आयु बढेर रात लाई धम्काईरहेको छ म निदाउन सकिन मनमा उसलाई नै डुलाइरहे बस त्यही सेतो सफा रङको हेडफोन जस्तै उसको मन, यो मनपनि कस्तो बैमानि हुँदो रहेछ न देखेको न चिनेको मनको पनि हजारौँ कल्पना तनभरि मनभरि, पुर्णिामाको रातमा भेटिएको त्यो तस्बीर धेरै पुर्णिमा आइसक्दा पनि देखिन, भेटिने आशमा साँझ नपर्दै चार्ज फुल फोन हातमा लिइन्थ्यो र लो ब्याट्री बनाएर राखिन्थ्यो।

मनले उ सँगको भेट्ने आशलाई अझै बिट मारेको थिएन तर झिनो आशमात्र थियो। लामो समय झरि पछिको मौसम खुलेझै भयो त्यो रात फेसबुकमा एउटा फोटो पोष्ट गरि सेतो हेडफोन बालिले तर फोटोमा अनुहार ब्लर हुनेगरि खिचेकि थिइ। आफ्नै कपालले ढाकेकी थिई एउटा उपन्यासको कभर, पेज झै थियो।

उसको त्यो फोटो मनले सोच्यो भेट यतिमै सिमित भए नि ठिकै छ सेतो हेडफोनकी मुख्य पात्र बन्छिन हेडफोन वालीको कानमा कलात्मक तरिकाले बुट्टा कुदिएको झुम्का थियो त्यसले कानको मात्र हैन अनुहारकै शोभा बढाएको हुनुपर्छ गजुरले मन्दिरको शोभा बढाएझै अब मेरो उसलाई भेट्ने आशाका केही किरन थपिए अहिले सम्म ऊ हेडफोन वाली मात्र थिई अब झुम्का वाली पनि भई कानको लोतीमा झुन्डिएर गालामा टाँसिएको उसको झुम्का पनि अपराधी समात्न प्रहरीले खोजतलास गरेको प्रमाण जस्तै बन्यो मेरा लागि अब उसलाई म जहाँ देखे नी चिन्न सक्छु।

मेरी झुम्कावालीलाई तर दिन, रात, हप्ता, महिना बितिसक्दा पनि उसको केहि पत्तो पाइन न फेसबुकको वालमा कुनै फोटो नै पोस्ट गर्छे न त कतै देखिन्छे नै। म उसको प्रतिक्षामा सधैं अनलाइन हुन्छु तर उसको त्यो आईडीबाट कहिल्यै फ्राईन्ड रिक्वईस्ट आएन। मेरो मनमा डेरा जमाएर अर्कै मनमा बास बसेझै गरि त्यो झुम्का बालिले। अरुको लागि एउटा गहना मात्रै बन्थ्यो होला त्यो झुम्का तर मेरा लागि त लहना बनेको छ मनभरिका पानाहरु पल्टाई रहन्छ निरन्तर खोजि रहन्छ त्यहि हेडफोन र झुम्का।

सिल्कि कपालले ढाकिएको त्यो कानमा सजिएको झुम्का मन्दिरको पवित्र घण्टा जस्तै थियो, सुनौलो रङ माथि सेता क्र्यास्टल दानाहरुले अझै गुण थपेझै लाग्यो। म उसको कल्पना मै डुबिरहेको थिए। फेसबुकमा गएर उसको प्रोफाईल हेर्न मन लाग्यो सर्च गरे उसको नाम र गए प्रोफाईल भित्र उसले फिलिङ स्याड लेखेर रसाएका आँखाको फोटो पोस्ट गरेकि रहिछ मेरो मन भारी भयो खै! के भएर यस्तो लेखि रु मनमा प्रश्न हरुको चाङ भारी भएर बस्यो।

आज आफैले उसलाई फ्रेन्ड रिक्वयस्ट पठाउने निधो गरे मुटुको ढुक्कढुकी बढ्दै थियो, हात काँप्दै थियो, एड फ्राईन्डमा हात जान्छ अनि रोकिन्छ धेरै चोटी प्रयासरत औलाहरु रित्ता फर्किए…..शुनसान कोठा छटपटिरहेको मन अनि शान्त हुँदै गइरहेको बाहिरको बस्ती,गाडीका हर्न बज्न कम हुँदै जान्छन अब मलाई लाग्यो सबै निदाई सके म मात्रै छट्पटीमा निदाउन सकिन त्यहीँ सेतो र सुनौलो रङमा अल्झीरहेको छु।

किन, उसलाई फिलिङ स्याड भा को होला? एकतर्फि बजिरहेको कोठाको टेलिभिजन अफ गरे अब बाँकी निदाउन नसकेको म र निरन्तर चलिरहेको घडीको टिक–टिक आवाज मात्र छ कोठामा। कति खेर लाग्थ्यो किन म उसलाई यसरी फलो गरिरहेको छु। कति खेर लाग्थ्यो यहि त माया हो उसलाई थाहै नदिइ उसलाई फलो गरिरहनु, उसको हरेक कुरालाई ख्याल गर्नु घरिघरि उसको फेसबुक प्रोफाईल चेक गरिरहनु, म खरायो को गतिमा उसको प्रोफाईल हेरिरहन्छु उ भने कछुवाको गतिमा पोस्ट गर्छे।

यदि अरुको प्रोफाईल हेरेको रेकर्ड हुन्थ्यो भने यात उसले मेरो नाममा उजुरी गर्थी या उसको जीवनमा धेरै माया गर्ने मायालु भनेर इनाम पेस गर्थी त्यो रिकर्ड न फेसबुकसँग छ न त मेरी झुम्का वालीसँग नै। निरन्तर चलिरहेको घडीमा रातीको १२ बज्यो मोबाइल चार्जमा राखे, कोठाको लाईट अफ गरे फेरि बेडमा पल्टिए, अहिले सम्म कल्पनामा मात्र सिमित रहेकि हेडफोन बालि आँखै अगाडि झलक्क देखा परी।

सुन्तला रङ्गमा खैरो रङ्गको कम्बिनेसन पाखुरिमा दुबै पट्टी बुट्टा पारेर सिईएको सिम्पल कुर्ता अनि खैरो रङ्गको सलवार, सेतो डायलमा कालो फित्ता भएको घडी र हल्का गाढा रङको लिपिष्टीक लगाएकी उ कपाल खोलेर मेरो अगाडि उभिइ, म छक्क परे! उ मुसुक्क हाँस्दै आँखा ठुलाठुला पारी रिसले हो या मायाले ठम्याउन सकेन म लज्जावती फुलझै ओलिए। बोलचाल केहि भएन उ निरन्तर अगाडि बढीरहि मेरा नजर उसको पछि पछि दौडिरहे उ क्षितिज पारी पुगि मलाई एक पटक नहेरी ,म झल्यास्स बिउँझिए घडी ले पाँच बजाई सकेछ।

विपनि जस्तै लागेको भेट ट्रोनाडोको वेगझै तहसनहस भयो। विपनामै हारेको म सपनीमा पो कहाँ न्याय पाउँथे र फिल्मको ट्रेलर हेरे झै भई ऊ, न मनले सन्तुष्टी पायो न मेरो कल्पनाको सस्पेनसन सकियो। मनमा झन–झन खुलदुलि बढ्न थाल्यो, सपनिमा आएकी गाढा लिपिस्टिक बालि ,साच्चिकै सेतो हेडफोन बालि होलि र।

मनले मनलाई हजारौं प्रश्नपत्रको उत्तर एकै सेकेन्डमा माग्न थाल्यो। तर सबै कन्फ्युज छन यहाँ उत्तर कसै सँग छैन। बरु आकाशका तारा गन्न सकुला म तर उसको यादको बर्षात कति भयो म सँग कुनै खाताछैन। ब्याट्री सुक्नेगरी चार्ज मा लगाएको फोन चार्जबाट निकालेर हातमा लिए फोन खोल्छु, डिस्प्लेमा केहि देखाउदै फोनको चार्जर केबल नै राम्ररी नलागेको रहेछ जस्तो लाग्यो फेरि चार्जमा लगाए अब चार्जनै उठाउदैन फोनले। टेबुलमा राखेको ल्यापटप हातमा लिन्छु।

सिरानी भित्तामा अडाएर सिरकले खुट्टा छोप्छु अनि ल्यापटप को पावर बटन थिच्छु, बुढेसकाल लागेर झरेका कपाल झै, हिउँदमा चिसो सहन नसकि पुरै पात झरेका ओत बिहिन छहाँरि हुदै अगाडि बढिरहेकी, वर्षात छेक्न हो या सुकिलो अनुहार लाई घामले न पोलोस भनेर हो, हल्का रातो रङको छाता ओड्दै अगाडि बढिरहेकी केटी सहितको वालपेपर देखा पर्छ।

म अरु कुरालाई वास्तै नगरि सिदै नेट कनेक्टिङ छ छैन हेर्छु, क्रोम ब्राउजरमा गएर टाईप गर्छु ‘डब्लु, डब्लु, डब्लु डट एफ बि डट कम’ सिदै आफ्नो आईडि र पासवर्ड, राखेर फेसबुक लगिन गर्छु फ्रेन्ड लिष्टमा एकजनाको रातो संकेत देखिन्छ। उता नोटिफिकेशन भने नाईन्टी नाईन प्लस थिए मेरो मनको ढुकढुकी बढ्न थाल्यो।

पहिले नोटिफिकेशन हेरु या फ्रेन लिस्ट करसरलाई नोटिफिकेशनमा राखेर क्लिक गरे र हेर्दै गए तर आशामा डुबेका आँखा निरास भएर बन्द भए सय भन्दा बढिका नोटिफिकेशनमा हेडफोन बालिको कतै नाम थिएन ,मेरो मनले यति सम्झ्यो कि न उसले मेरो प्रोफाईल चेक गरि, न कुनै फोटोमा लाईक कमेन्ट र रियाक्ट नै गरि भारी मनलाई अब फ्राईन्ड लिस्टमा लगे र हेरे कालो पर्दामा केटीको आकृति देखिने फ्रेम थियो र नाम थियो।

चिना हराएको मान्छे फेक आईडी जस्तै लाग्यो भित्र गएर हेरे सि अबाउट ईन्फमेसन, खालिथिए अक्सर उसका ईन्फमेसनहरु लेखेकी थिइ वर्क मा स्टुडेन्ट रिलेसनसिप सिङ्गल, लिभ्ड डडेल्धुरा अनि केहि अदर नेम पनि थिए उसलाई घरमा बोलाउने नाम हुन या धेरै माया गर्ने मान्छेले आफ्नी पियारी भनेर सम्बोधन गर्ने नाम हुन सानी र कान्छी भनेर लेखेकी थिई उसले केही पेजहरु पनि लाईक गरेकी थिई प्रेम कथा र लभ डायरी जस्ता……क्रमश

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button