बस दुर्घटना हुँदा १० जना घाइते

काठमाण्डौँः दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन्। ना ८ ख ६१३२ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। बसमा ३२ यात्रु सवार रहेको बताइएको छ।

घाइतेलाई उपचारका लागि धनगढी ल्याइँदैछ। घाइते हुनेमा बैतडी, डिलाशैनी गाउँपालिका–६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका–८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार–६ का ३० वर्षीय देवदत्त जोशी, ३५ वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी र पुर्चौँडी नगरपालिका–१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट रहेका प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरणका साथै घाइते अन्य तीन जनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button