पत्रकारको निःशुल्क उपचारको घोषणा छिट्टै कार्यान्वयन होस्: श्रमजीवी पत्रकार संघ

सरकारले देशभरका पत्रकारहरुको उपचार निःशुल्क गर्ने भएको छ।

सरकारले देशभरका पत्रकारहरुको उपचार निःशुल्क गर्ने भएको छ।

आर्थिक अभावमा पत्रकारले ज्यान गुमाउनु परेको भन्दै पत्रकार सम्बद्ध संस्थाहरुले पत्रकारको निःशुल्क उपचारको माग सरकारसँग गर्दै आएका थिए।

बुधबार देशैभरका पत्रकारको निःशुल्क उपचार गराउने स्वास्थ्यमन्त्री विरोध खतिवडाले प्रतिवद्धता जनाएकोमा श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले धन्यवाद दिए।

पत्रकार एलवी विश्वकर्माको सिभिल हस्पिटलको लापरवाहीबाट मृत्यु भएपछि त्यसको छानविनसहित दोषीलाई कारवाहीसँगै पत्रकारको निशुल्क उपचारका लागि संघले धर्नासहित निरन्तर दबाब दिंदै आएको थियो।

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा मन्त्री खतिवडाले देशभरका हस्पिटलमा पत्रकारको उपचार निःशुल्क गर्ने सरकारको यसअघिको निर्णय कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेको जैसीले बताए।

विश्वकर्मालाई न्यायका लागि मेडिकल काउन्सिलले डा. हरिहर अवस्थीको नेतृत्वमा गठित छानविन समितिको छानविन प्रक्रिया छिटो टुङ्गोमा पुर्याई दोषीलाई कारवाही र मृतकलाई उचित क्षतिपूर्ति दिलाउन स्वास्थ्यमन्त्री खतिवडाले भूमिका खेल्ने  र पत्रकारहरुको निशुल्क उपचार गर्ने घोषणा तत्काल कार्यान्वयन हुनेमा विश्वस्त रहेको जैसीले बताए।

पत्रकारलाई उपचार निस्शुल्क गर्नुपर्ने माग राख्ने निरन्तर अभियान चलाउँदै आएका श्रमजीवी,पत्रकार संघ, नेपालले श्रमजीवी पत्रकारको पेशागत, भौतिक, सामाजिक र आर्थिक सुरक्षाका मुद्दामा निरन्तर आवाज उठाउँदै आएको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button