नेपाली बजारमा भित्रिँदै हवाल जोलिनको टप भेरियन्ट

काठमाडौं- जीडब्ल्यूएम नेपालले आकर्षक फिचरसहितको टप भेरियन्टमा ‘हवाल जोलिन’ नेपाली बजारमा ल्याउने भएको छ। यसले उपभोक्ताको यात्रालाई अझ विलासी बनाउने कम्पनीको भनाइ छ।

६० वटा मुलुकमा ६५ लाखभन्दा धेरै बिक्री भइसकेको हवाल विगत ११ वर्षदेखि चीनमा एसयूभी बिक्री गर्ने नम्बर १ ब्राण्ड रहेको कम्पनीले जनाएको छ।

‘कलात्मक र आधुनिक इन्जिनियरिङबाट निर्मित जोलिनले गाडीहरूमा नयाँ सोचलाई मूर्तरुप दिन्छ। १८ इन्चको आल्मुनियम एल्लोय ह्विल्स्, ७३ प्रतिशत हाइ स्ट्रेन्थ स्टिल बडीदेखि सिक्स-वे इलेक्ट्रिक एडजस्टेबल ड्राइभर सिट’सम्म राखेर परिष्कृत निर्माणमा कुनै कमी महसुस हुन दिने छैन। यसको पानारोमिक सनरुफ र डुअल जोन अटो एसीले आरामदायी यात्रामा भव्यता थप्न मद्दत गर्दछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button