काठमाडौंका मेयर बालेनलाइ सुझाव !

देशको बिकास सम्मृद्धि र सुशासन र भ्रष्टाचारमुक्त बनाउन एउटामात्र नेतृत्व चाहिन्छ जसको प्रत्यक्ष उदाहरणका पात्र हुन काठमाडौंका मेयर बालेन शाह।

आज ३२ बर्ष सम्म देशका नागरिकलाई डाल बनाएर पटकपटक देशलाई लुटिरहेका छन। देशका पार्टीको नाममा कलंकित अनुहारहरूले। देशमा यो ३२ बर्षको दौरानमा ३६ बटा प्रधानमन्त्री बने ती प्रधानमन्त्री बन्नेहरूमा कुनै नयाँ युवा पुस्ता नभएर पटकपटक शेर वहादुर देउवा, माधवकुमार नेपाल ,झलनाथ खनाल, बाबुराम भट्टराई पुस्पकमल दहाल प्रचण्ड र के.पी. वली नै सत्ताको राप र तापमा रमाई रहे र अहिलेपनि देश विकाश होइन विनाश गर्न शक्तिको आडमा जनताको ढाँडमा टेकेर जनताकै काँधमा बन्दुक राखेर जनता र देशकै सिकार गरिरहेका छन।

देशमा विभिन्न राजनीतिक परिवर्तन भए तर जनता र देशले के पायो यो नै हालका दिनमा नेपाली समाजमा उठेको प्रश्न हो। यिनलाई जनताले भोट दिएर देशलाई उन्नतिशील बनाउन जनताको उज्ज्वल भविष्य निर्माण गर्न जनताको भाग्य र भविष्य शुखद बनाउन देशको बिकाश गर्न भनेर सदनमा पठाएका यी सबै पार्टीका उच्चस्तरीय नेतृत्वले देशको बिकास होइन विनाश गरे।

यस्तो तपोभूमिमा विदेशी सैनिकले बुट बजार्ने सम्झौता र राष्ट्रघात गरे। अनगिन्ती अपराध गरे, देश दोहन गरे, भ्रष्टाचार गरे, नितिगत भ्रष्टाचारबाट देशलाई नै भडखालोमा हाले विदेशबाट आउने अनुदान ऋणको भार बोकाए यिनीहरू बोका गन्याए भन्दापनि देशलाई गाई मरेको सिनो जस्तो बनाए। चरम विभेद र सर्वत्र राजनीतिक सिन्डिकेट बनाए। आफू र आफ्ना आफन्तलाई अकुत पैसा कमाए देशका युवालाई बचे र तिनीहरूले पठाएको खर्बौ रेमिटान्स साेतमा मोज मस्ती गरे , देशलाई टाट पल्टाए। देशलाई असफल राष्ट्र बनाउन अझैपनि तानामाना बुन्दैछन।

देश र जनताको हक हितमा राज्य संचालन गरेनन देशलाई विदेशीको खेल मैदान बनाए यिनले गरेका अपराध र दर्जनौं कान्डको बयान गरेर साध्य छैन।

अब देशमा राजनीतिक परिवर्तन हुन जरुरी छ। अवपनि हामीले यस्ता भक्षकहरूलाई मतदान दियौं र फेरिपनि देशको सत्ता यिनलाई दिने काम गर्यौ भने यो माटोले हामीलाई क्षमा दिनेवाला छैन। अब यो अवसर र चुनौती हो। यसका वारेमा समाजमा बहश हुन जरुरी छ। अब आगामी मंगसीर ४ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्यमा जानबट यस्ता भ्रष्टाचारीलाई रोकौ। यस्ता देश र जनघातीलाई सदनमा जानबाट रोकौ।

प्रमाणको सामुन्ने तर्कले काम गर्दैनन। आज जनतामा चेतना जागेको छ। अब पार्टीका कार्यकर्ता होइन देशका जिम्मेवार नागरिक बनौ। जुनसुकै पार्टीको होस स्वतन्त्र वा नयाँ होस योग्य होस विज्ञ होस सक्षम नेतृत्व चयन गरौ। विशेषत योग्य युवा नेतालाई साथ र समर्थन गरौ। हाम्रो होइन राम्रो मानिसलाई सदनमा छिराउ ता कि जनताको पक्षमा , न्यायको पक्षमा र देशको हितमा काम गरेर देखाउन सकोस। आज बालेन शाहले चाहेको काठमाडौं सफा सुग्घर र रमणीय हुनेछ। हजारौंको संख्यामा स्याल पाल्नु भन्दा एउटामात्र सिंह पालौ जसले निर्विवाद रूपमा देश र जनताको सेवा गर्न सक्छ ती हुन काठमाडौंका जनपृय स्वतन्त्र मेयर बालेन शाह।

आज वालेन कुनै पार्टीका मेयर भएका भए यी बर्षौदेखि जरा गाडेका सार्वजनिक जग्गा अतिक्रम गरेर लुटन पल्केकामाथि डोजर चल्न सक्थ्यो यो अहम प्रश्न हो। देशका राजनीतिक नेता उच्चस्तरीय कर्मचारीले देशको सम्मान र जनताको हकमा काम गरेका भए यस्तो अवश्था आउथ्यो जनादेश विपरीत कामगरे सत्ता, पावर र,,कुर्सीको दुरुपयोग गरेकै कारण बालेन जस्ता देशभक्त युवाको जन्म भएको हो। काठमाडौंलाई विश्व कै रमणीय शहर बनाउन र काठमाडौलाई सांस्कृतिक शहर बनाउन सबैले सबै कोणबाट सहयोग ,सुझाव र सल्लाह दिन सबै जन नागरिकमा अपिल गर्दछु। साथै हरेक एक्सनमा सम्बन्धित सरकारी निकायको विभाग र निकायका कर्मचारीलाई सधै साथमा लिएर काम गर्नु होला।।

ः———– बालेन शाहलाई सुझाव !

१- सर्वप्रथम फोहर व्यवस्थापन र सम्पादनमा दीर्घकालीन रणनीति र कार्यान्वयन गर्ने।

२- डम्पिङ साईडमा बसोबास गर्ने स्थानीय जनतासंग समय समयमा सम्वाद र अन्तरकृया गर्न स्थानीय समस्याको समाधान गर्ने र फोहरमा राजनीति कसले गर्दैछ पहिचान गरि भन्डाफोर गर्ने।

३- सडक निर्माण र क्षेत्राधिकार पाएका मन्त्रलाय विभागलाई सकृय गराउने आलटाल गरेमा तत्कालै सार्वजनिक गर्ने।

४- काठमाडौमा अत्याधिक मात्रामा सार्वजनिक जग्गामा भवन तथा पार्किङ समेत गरेर आर्थिक अनियमितता भएको छ यस्ता सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउने।

५- विगत तथा वर्तमान सरकारले सार्वजनिक जग्गा धेरै स्थानमा निजीकरण र करोडौं खाएर लिजमा ५० /१०० बर्षलाई दिएको छ त्यसमा वारेमा सम्बन्धित मालपोतबाट अभिलेख उतार गरेर व्यवस्थापन गर्ने।

६- टुडिखेल तथा तीन कुने वा अन्य सरकारी जग्गा सही सलामत छन कि छैनन वा कसैको नाममा लालपुर्जा पो छ कि भू माफियाले कब्जा गरेका छन कि त्यसको अनुगमन गर्ने।

७- सडक सम्हार मर्मतमा तत्कालै सम्बन्धित मन्त्रालय वा विभाग समेतसंग समन्वयात्मक भूमिका निर्वाहगरी सडक पिच चिल्लो बनाउने।

८- अनाधिकृत रूपमा फोहर फाल्नेलाई तत्कालै जरीमाना गर्ने।

९- हरेक स्थानमा सि. सि. क्यामरा जडान गर्ने। जसबाट फोहोर जथाभावी फाल्दैनन र अपराधीक कार्य समेतमा नियन्त्रण हुन्छ।

१०- विगतमा फुटपाथे व्यापारी र यस्तै अन्डर ग्राउन्ड सवारी पार्किङ गर्ने स्थानमा पसल थाप्न लगाएर कमिसन खाने महानगरपालिकाका कर्मचारीलाई तत्कालै प्रमाणको आधारमा हटाउनु पर्ने।

११- ट्रफिक जाम कम गर्न ट्राफिक प्रहरीसं सहयोग र सहकार्य गर्नु पर्ने।

१२- वर्तमान समयमा स्वयं डि आइ जी साथमा साथ मिलाएर अनाधिकृत जग्गामा बनेका घर टहरा र भवन हटाउन नेपाल प्रहरी कै प्रभावशाली सिनियर अफिसर मीरा चौधरीको साथ र नेपाल प्रहरीको साथबाट सारा जनता उत्साहित छन र प्रहरी सबैको साँझा सुरक्षात्मक अभिभावक भएको जनताले महसुस गरेका छन यस्ता काममा निरन्तरता रहोस।

१३- काठमाडौको बिशेषत बागमती बिष्णुमति जस्ता नदीमा फोहर फाल्ने ढल बनाईएको छ सरकारी जमीन अतिक्रम भएको छ। यसका वारेमा वाग्मतीमा स्वच्छ पानी र ढल फोहर तत्कालै रोक्ने योजना सहित अगाडि बढनु पर्ने।

१४- काठमाडौंमा सरकारी कर्मचारीको काम कारवाही समय पालना सेवाग्राहीलाई सेवा सुविधा पीर मर्का वारे अनुगमनको व्यवस्थापन गर्नु पर्ने।

१५- विद्यालयमा पठनपाठन होस्टेलमा रहेका विद्यार्थीको खानपिन शिक्षा समेतका विषयमा अनुगमनको व्यवस्थापन गर्नु पर्ने।

१६- सरकारी कार्यालयमा हुने घुषपेष भ्रष्टाचारको नियमितरूपमा अनुगमन गर्नु पर्ने।

१७- अन्तर्राष्ट्रिय विमान स्थलको सुधार र आकर्षकता तर्फ थप पहल हुनु पर्ने।

१८- खाली सार्वजनिक जग्गामा पार्क र फुलबारी बनाउनु पर्ने।

१९- काठमाडौं शहरमा सडकको बिच वा दायाँबायाँ हरियाली बृक्षारोपण र आकर्षक लाईटको व्यवस्थापन गर्नु पर्ने।

२०- काठमाडौंका हिटी र खेर गएको पानी संकलन र भन्डारन गरिनु पर्ने।

२१- विश्व सम्पदामा रहेका मन्दिर, गुम्वा, सम्पदाको संरक्षण र सम्बर्द्धन गर्नु पर्ने।

२२- ट्रली बस, अन्डर ग्राउन्ड मेट्रो रेलका वारेमा पनि रणनीतिक सोच बनाउनु पर्ने।

२३- मेलम्चीको पानी आज ३३ बर्ष सम्म अर्बौं लुटने भ्रष्टाचार गर्ने माध्यम भएको छ एक पटक आयो फेरि बाढीले वगायो यो राजनीतिक नौटंकीका वारेमा अनुसन्धान तहकिकात र छिटोभन्दा छिटो मेलम्चीको पानी उपत्यकामन ल्याउन स्वयं चासो राखेर पानीको व्यवस्थापन गर्नु पर्ने।

२४- सुन्धाराको झिल्के टावरमा चार अर्ब खर्च र व्यापक अनियमितता छ र अझै पुर्वाधार बनेको छैन भन्ने जन गुनासो छ यसका वारेमापनि सोधखोज र वास्तविकता जन समक्ष सार्वजनिक गर्नु पर्ने।

२५- कालाबजारीया, बजार व्यवस्थापन , अनुगमन मूल्य निर्धारण, जन जिविकाका अत्यावश्यक बस्तुको आपूर्ति ,नाप,तौल गुणस्तरीयताका विषयमा सरकारी निकायसँग समन्वयात्मक भूमिका निर्वाहगरी क्रमशः सुधार गर्ने।

२६- ललिता निवास जग्गा प्रकरण जस्तै टुडिखेल, दशरथ रंगशाला र नारायणहिटी दरवार , सिहदरवार संसद भवन लगायतका सार्वजनिक जग्गाहरू अतिक्रम र कही कतै व्यक्तिको नाममा हस्तान्तरण त भएका छैनन निरीक्षण गर्नोस।

२७- पेट्रोलियम पदार्थमा मिसावट वारे समय समयमा निरीक्षण र पेट्रोलपम्पहरू शहर बजार अति व्यास्त जनघनत्व भएको स्थानमा राखिएको छ अन्तर्राष्ट्रिय मापदण्ड अनरूप स्तानान्तरण र निस्चित स्थानमा व्यवस्था गर्नोस कथंकदाचित दुर्घटना भएमा ठुलो धनजनको क्षति हुने तर्फ बिचार गर्ने कि ?

२८- काठमाडौं महानगरपालिकामा पुर्व मेयरबाट आर्थिक अनियमितता बेरूजु फर्छौट हर हिसाब पारदर्शी छ कि छैन पहिला आफ्नो महानगरपालिकाको फोहर सफा पार्नोस।

२९- हरेक एक्सनमा सम्बन्धित सरकारी निकायको सहभागिता अनिवार्य गर्नोस जसबाट कानुनी रूपमा तपाईंमाथि प्रश्न गर्न कसैले नसकोस।

३०- सवारी चाप यात्रुको सार्वजनिक सवारीसाधमा हुने लापरबाही तर्फ समेत ध्यानाकर्षण होस।

३१- कार्यक्षेत्र विभाजन गरेर एकएकबटा टिम बनाएर कामको जिम्मेवारी दिएर टोली परिचालन गर्नोस यी कार्य एकै पटक त गर्न सकिन्न बिस्तारै अगाडि बढनोस। अब तपाईंको काममा डाईभर्सन गर्न फोहरी राजनीति गरेर। बञ्चरे डाडामा फोहर फाफ्ल अवरुद्घ गर्ने फोहरका ट्रक रोक्ने तोडफोड गर्ने घटिया हर्कत यिनै पार्टीका नेताले कार्यकर्ता प्रयोग गरेर अवरोध गर्छन यसमा मावोवादी हसन सक्छ, ऐमाले हुन सक्छ स्थानीय बासी हुदैनन।

प्रमाण मावोवादीले सडक ठेक्का ठेकेदार पालेको घरबेटी प्रकरणमार ऐमाले महेश बस्नेतको बालेनलाई धम्की नै यी घटनाक्रमका कारक तत्व हुने अनुसन्धान प्रकृति संवाद र बालेनको डोजरकान्ड र बढदो लोकपृयता यी देशघातीलाइ पाच्य नभएको यथार्थ प्रमाणपरक यथार्थ हो। जतिले वालेनलाई असहयोग गर्छन तिनीहरू जन नजरबाट गिर्छन।

फोहरको राजनीति कसरी रोक्ने ?

यसमा सदा पोषाकमा प्रहरी वा नगर प्रहरी खटाउने र अवरोध गर्ने र ढुङ्गा हान्ने मानिस पक्राउ गर्ने यस्ता २/४ जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने अनुसन्धानको क्रममा कसले यस्तो अपराध गर्न लगायो यसका वारेमा उसले बयान दिन्छ र सम्बन्धित नेता पक्राउ पर्छ र त्यो फोहरमा गरेको राजनीतिले उसको राजनीतिक जीवन र कुकर्मबाट सदाकोलागि विश्राम लिन्छ। यहीँ नै कानुनी र वर्तमान परिस्थितिको समाधान हो।।

ज्यानमार्ने उद्योगमा मुद्दा किन ?

फोहरका टिपरमा ढुङ्गा हानेका छन सिसा फुटाएका छन ती ढुङ्गा र गुलेलीबाट चालकको आँखा लागेमा चालक मर्न सक्छन ट्रक टिपर पल्टिन सक्छन यो त ज्यान नै मार्ने कसुर भएको हुदा र सार्वजनिक सरोकारका विषयमा अवरुद्ध गरेमा रोकेमा अपरहण र ज्यान मार्ने र सार्वजनिक सरोकार समेतका विषयमा ३/४ वटा वारदात आकर्षक हुने देखिन्छ।

३०– विविध ः—हाललाई यत्ति सुझाव लिउ वाँकी बिस्तारै क्रमस: गर्दै गरौला है त !. जय जननी। जय मातृभूमि नेपाल।। जय राष्ट्रदेव श्री पशुपति नाथ।।

————–राजनीतिक बिष्लेषक कृष्ण प्रसाद शर्मा पन्थी

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button