१९.०६ अंकले घट्यो नेप्से परिसूचक, म्युचुअल फण्डबाहेक सबै राताम्मे

काठमाडौँ। साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार घटेको छ। आज नेप्से १९.०६ अंकले घटेर २ हजार ०३७.८३ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७६ करोड १० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज ७ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटा उपसुचकमध्ये म्युचुअल फण्ड उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा हिमालयन हाइड्रोपावरको सेयर भाउ ९.९९ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको सेयर भाउ ९.९८ प्रतिशत बढेको छ। यी कम्पनीका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै,  युनिलिभर नेपाल र बुद्ध भुमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले अधिकतम गुमाएका छन्।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button