ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा १७ सय रुपैयाँले गिरावट

सुनको भाउ तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ ।

सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको भाउ मंगलबारकालागि ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ घटबढमा अन्तराष्ट्रिय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ । यस्तै आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ कायम भएको छ ।

सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button