हिमानीले दिइन् पारसलाई माफी! पारससंगको तस्बिर राख्दै लेखिन् यस्तो स्टाटस

काठमाडौ । पूर्व रानी कोमल शाहको जन्मदिनमा पूर्वयुवराज पारस शाह पनि सहभागी भएको विषयले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

नेपालमै भएपनि पूर्वयुवराज पारस परिवारका साथमा छैनन् । उनी एक्लै वस्दै आएका छन् ।

पत्नी हिमानीसंग पनि उनको सम्बन्ध सुमधुर नभएका कारण उनी एक्लै बस्दै आएको बताइएको छ । पारसको ब्यवहारका कारण हिमानी र परिवार टाढा भएको हो ।

तर लामो समयपछि पारस र पत्नी पूर्वयुवराज्ञी हिमानी शाह भेट भएका छन् । उनीहरुबीच केही कुराकानी पनि भएको बताइएको छ ।

तर उनीहरुले के कुराकानी गरे भन्ने कुरा भने खुलेको छैन ।

लामो समयदेखि टाढा रहेका यि दम्पत्तीबिच झापाको होटल मेची क्राउनमा भेट भएको हो । सो बेला परिवारका सबै सदस्य उपस्थित थिए ।

उनी आमा कोमल शाहलाई जन्मदिनको शुभकामना दिन पुगेका थिए । श्रीमान पारससंग लामो समयपछि भेट गरेकी हिमानीले सकारात्मक प्रतिकृया दिएकी छन् ।

दुई जना भेटिएको खबरसंगै उनीहरुको शुभचिन्तकले हिमानीलाई माफी दिनु भन्दै सामाजिक सञ्जालमा लेख्दै आएका छन् ।

हिमानीले पनि शुभचिन्तकको चाहना अनुरुपकै प्रतिकृया दिएकी छन् ।

श्रीमान पारससंगको तस्बिर सार्वजनिक गर्दै हिमानीले जिवन प्रतिशोधका लागि प्रेमका लागि हो भन्दै स्टाटस लेखेकी छन् ।

उनको यो स्टाटसले हिमानीले पारसप्रति माया देखाएको बुझ्न सकिन्छ । उनको यो स्टाटस अहिले निकै भाइरल भएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
0
+1
1
+1
2
+1
2
+1
0
+1
2

सम्बन्धित समाचार

Back to top button