सोलुखुम्बुमा डाक्टरले गर्भवतीको शल्यक्रिया गर्दा पेटभित्रै कपडा छाडेपछि…

प्रसुती शल्यक्रियाको क्रममा चिकित्सकले महिलाको शरिर भित्रै कपडा छोडेको भन्दै कारवाहीको माग गरिएको छ । शल्यक्रिया मार्फत प्रसुति गराउँदा अस्पतालका चिकित्सकको लापरबाहीका कारण सोलुखुम्बु सल्लेरी निवासी ३० वर्षीया डोमा घताने विश्वकर्माको ज्यान नै जोखिममा परेको छ ।

सोमवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवार र सामाजिक अभियन्ताहरुले सोलुस्थित फाप्लु अस्पतालका डाक्टर दिलिप कुमार साहको टिमले डोमाको ज्यान जोखिममा पारेको भन्दै कारवाहीको गर्न माग गरेका हुन् ।

कार्यक्रममा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले गम्भीर त्रुटी गर्ने चिकित्सक दो षी भएको जिकिर गर्दै कडा कारबाहीको माग गरे । उनले क्षमता भन्दा बाहिरका मानिसलाई डाक्टर बनाएको समेत आरोप लगाए ।

सामाजिक अभियन्ता हेमराज थापाले डोमा घतानेको सोलुखुम्बुमा बच्चा जन्माउने क्रममा डाक्टरहरुले शल्यक्रिया गर्दा कपडा भित्र छाडेको आरोप लगाए ।

यो पनि, घाँस काट्न वन गएका दिदीबहिनी झु ण्डिएको अवस्थामा मृ त फेला

सुर्खेतको पञ्चपुरी नगरपालिकामा घाँस काट्न वन गएका दिदीबहिनी झु ण्डिएको अवस्थामा मृ त फेला परेका छन् । वडा नम्बर–६ बाबियाचौरमा बस्दै आएका दुई जना दिदीबहिनी झु ण्डिएको अवस्थामा मृ त भेटिएका हुन् ।

१४ र १५ वर्षीय किशोरी दिदीबहिनी झु ण्डिएको अवस्थामा शुक्रबार मृ त फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले साचोँ खबरलाई जानकारी दिए । शवलाई पो ष्ट मार्टमको लागि अहिले प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ । सांकेतिक तस्बिर

यो पनि , कृषकलाई चैते धान रोप्न चटारो

चैत महीना शुरु भएसँगै जिल्लाका कृषकलाई चैते धान रोप्न चटारो छ । तनहुँका विभिन्न भागमा यतिबेला कृषक चैते धान रोप्न व्यस्त छन् । व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले आफूले चैते धान रोपिसकेको जानकारी दिनुभयो ।

मुख्य पेशा नै कृषि भएकाले वर्षौंदेखि धान रोप्दै आएको उहाँले बताउनुभयो । तरकारीखेती, भैसीपालन, मौरीपालन गर्नुभएका उहाँले भन्नुभयो, “अहिलेसम्म चामल किन्नुपरेको छैन, धान नरोप्ने हो भने त समस्या पर्छ ।” उहाँका अनुसार पोल्याङका धान फाँटमा चैते धान रोपाइँ सम्पन्न भएको छ ।

म्याग्दे गाउँपालिकाका कृषक पनि यतिबेला चैते धान रोप्न व्यस्त छन् । वडा नं –३ धयरेका रामबहादुर थापाले चैते शुरु भएसँगै यहाँका कृषक धान रोप्न व्यस्त रहेको बताउनुभयो ।

“धयरेका फाँट यतिबेला कृषकले भरिएका छन्, कृषक धान रोप्न व्यस्त छन्,” उहाँले भन्नुभयो । वर्षभरीलाई खान पुग्ने अन्नबालीको जोहो गर्न पनि धान रोप्नुपर्ने बाध्यता रहेको म्याग्दे–४ का चन्द्रबहादुर रानाले बताउनुभयो ।

किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । किसानले कृषि उपकरणको अभावमा समस्या खेप्नुपरेको बताएका छन् । म्याग्दे–१ गुणादीका लक्ष्मी रानाले गोरुले जोतेर खेत रोप्दा महङ्गो पर्ने गरेको बताउनुभयो ।

जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमा वर्षे तथा तीन हजार ५०० हेक्टरमा चैते धानखेती हुने गरेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् । कृषकले सावित्री, मकवानपुरेलगायत उन्नत जातका धानखेती लगाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button