सुर्य थापाको यस्तो ट्वीट पछि सरकारी मिडियाले हटाए समाचार

काठमाडौ । मंगलवार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले एउटा ट्वीट गरे । जुन सरकारी मिडिया लक्षित थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिब्यक्तिलाई मिडियाहरुले समाचार बनाएका थिए ।

सो समाचार सरकारी मिडियामा आएपछि थापाले टिप्पणी गरेका थिए ।

यो ट्विट अहिले उनको टाइमलाइनमा गएर खोज्नुभयो भने देख्नुहुन्न। किनभने त्यो डिलिट भइसकेको छ।

सार्वजनिक कार्यक्रममा जनकपुर पुगेका प्रचण्डले संसद पुनस्थापनाका बारेमा अभिब्यक्ति दिएका थिए । उनले सर्वोच्चले संसद पुनस्थापना गर्नेमा आफु विश्वस्त भएको कुरा बताएका थिए । त्यहाँ पुगेर उनले बोलेको कुरा धेरैवटा मिडियामा आएका छन्।

त्यही समाचारलाई सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति ले पनि प्रकाशन गरेको थियो । त्यसैलाई अन्य सरकारी मिडिया गोरखापत्र, नेपाल टेलिभिजन अनलाईनहरुले पनि साभार गरे ।

ट्विट आएको केही समयपछि त्यो समाचारै हटाइएको छ । हेडलाइनमात्र होइन समाचारमा पनि प्रतिनिधि सभा पुनःस्थापनाबारे बोलेका केही कुरा छैनन्। जे कार्यक्रमका लागि गएको हो त्यही कार्यक्रमबारे मात्र छ

बाग्लुङमा बाढीले बगाउँदा युवा बेपत्ता, दर्जनौँ पशुचौपाय बगायो

बागलुङको ताराखोलामा वर्षापछि आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन् । मङ्गबार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका–१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो ।

खोला छेउमा रहेको बाख्राफार्म बाढीबाट जोगाउने प्रयास गर्दागर्दै उनलाई खोलाले बगाएको स्थानीयवासीले बताएका छन् ।

“रातको समयमा बाख्रा जोगाउन खोला छेउमा पुगेका रहेछन्, त्यत्तिकैमा बाढी आएर खोरसँगै उसलाई बगाएको कुरा छ”, ताराखोलाका पुराना पत्रकार महेन्द्र घर्तीले भन्नुभयो, “राताखोलाका सबै ठाउँमा पहिराले वितण्डा मच्चाएको छ ।”

पहिरामा परी सम्पर्कविहीन रहेका कार्कीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो । बाढीले स्थानीयवासी चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ ।

वर्षाका कारण ताराखोला–१ हिलको इदिटोलमा केही परिवार विस्थापित छन् । विवरण आउन बाँकी छ ।

वडा नं २ अर्गलमा एक घर पुरिएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बाढीसँगै खोलामा पानीको बहाव बढेर घुस्मेली बजार क्षेत्रमा पस्न थालेपछि स्थानीयवासी त्रसित छन् ।

बजार क्षेत्रका २५ परिवारलाई गए राति नै सुरक्षित स्थानमा सारिएको छ । उद्धारका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको थप टोली घटनास्थलमा पुग्दै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button