सुनको मूल्य स्थिर, आजको भाउ तोलामा कति?

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । 
यस्तै तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । 
यसैबीच मंगलबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रु ५ बढेको छ।  सोमबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार रु ५ बढेर तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button