सुनको भाउ बढ्यो, तोलामा कति?

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको हो । 
यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच आइतबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button