सुनको भाउ पाँच सय रुपैयाँले घट्यो,तोलामा कति?

१७ साउन, काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार चार सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी चाँदीको प्रतितोला मूल्य पनि ९२ हजार ४ सय रुपैयाँबाट घटेर ९१ हजार ९ सय रुपैयाँ कारोबार भएको छ ।

आइतबार चाँदीको भाउ स्थिर छ । शुक्रबार एक हजार दुई सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आइतबार बढेको छैन ।

अर्थसचिवमा मधु मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ । यसअघि महालेखा नियन्त्रक रहेका मरासिनीलाई सरकारले अर्थमा सरुवा गरेको हो । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवहरुको सरुवा गरेको हो ।

यसअघि अर्थसचिव रहेका शिशिरकुमार ढुंगानालाई भने सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । ढुंगाना राजन खनाल सेवा निवृत्त बनेसँगै अर्थसचिव बनेका थिए ।

त्यसअगाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै थिए । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका सचिव लक्ष्मण अर्याललाई समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको स्रोतले जनाएको छ ।

एक बर्षमा ७ लाख ३१ हजार कित्ताकाट, भूमिको खण्डिकरण तिब्र

 सरकारले अनियन्त्रित रुपमा भइरहेको भूमिको खण्डिकरण रोक्नका लागि कित्ताकाटमा कडाई गरे पनि भूमि खण्डिकरण भने रोकिएको छैन ।

गत आर्थिक बर्ष मुलुकभर भएको कित्ताकाट संख्याले पनि भूमि खण्डिकरण नरोकिएको स्पष्ट देखाउँछ ।

भूमि व्यवस्थापन तथा अभिलेक विभागका अनुसार, कोरोना महामारीकै बिचमा गत बर्ष मुलुकभर ७ लाख ३१ हजार कित्ता थपिएका छन् ।

गत बर्ष ५ लाख ६५ हजार ६५२ कित्ता जग्गालाई कित्तकाट गरेर १२ लाख ९६ हजार ७३४ कित्ता पुर्याइएको छ । 

घरजग्गा कारोबारीहरुले भित्री (अवैध) बाटो प्रयोग गरेरै भएपनि मालपोतबाट कित्ताकाट गर्ने स्वीकृति लिएर धमाधम भूमि खण्डिकरण गरिरहेका छन् । अहिले पनि खेतियोग्य जमिनमा प्लटिङ गर्ने काम रोकिएको छैन । 

झापा, मोरङ, सुनसरी, धनुषा, सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, बारा, काभ्रे, मकवानपुर, काठमाडौं उपत्यका, पर्सा, चितवन, कास्की, तनहुँ, नवलपरासी, रुपन्देही, तौलिहवा, दाङ, बर्दिया बाँके, कैलाली, धनगढी, कञ्चनपुरमा सबैभन्दा बढी कित्ताकाट भएको देखिन्छ ।

०७४ साउन २६ गते तत्कालिन भूमि मन्त्री गोपाल दहितले कृषियोग्य जमिनको खण्डिकरण रोक्न कित्ताकाटमा कडाई गरेका थिए ।

त्यसपछि भूमि मन्त्री बनेर अएकी पद्या अर्यालले २७ पुस ०७५ मा स्थानीय तहबाट ‘कृषियोग्य जमिन होइन’ भनेर सिफारिस ल्याएको खण्डमा कित्ताकाट गर्न दिने गरी अलि सहज व्यवस्था बनाएकी दिइन । 

उनले कृषिभूमि पनि वर्षमा दुई पटकसम्म कित्ताकाट गर्न पाइने व्यवस्था लागू गरिन, जुन अहिले पनि कायम छ ।

मन्त्री अर्यालले पछिल्लो समय १८ भदौमा यसअघिका दुबै आदेश खारेज गर्दै कित्ताकाट खुला गर्ने निर्णय गरिन ।

मन्त्रीस्तरीय निर्णयबाट जग्गा कित्ताकाट फुकुवा गरेपछि अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिवि निवारण मन्त्रालयलाई विपक्ष बनाई सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । 

सर्वोच्चले भूमि मन्त्रालयका नाममा आदेश जारी गर्दै सर्वोच्चले कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन नगर्न फैसला गर्यो । 

सर्वोच्चका न्यायधीशद्धय चोलेन्द्र शमशेर जबरा र मनोजकुमार शर्माको संयुक्त इजलासले भूमि मन्त्री पद्या अर्यालले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णयलाई बदर गरिदिएका हुन् ।

तर, कित्ताकाटमा कडाई भए पनि भूमि खण्डिकरण हुन नरोकिएको पछिल्लो तीन बर्षको कित्ताकाटको संख्याले पुष्टी गर्छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button