सिन्धुलीमा बोलेरो दुर्घटना:चार जनाको मृत्यु, सात घाइते

मंगलबार सिन्धुलीमाडी बजारबाट कमलामाई नगरपालीका–४ को बाँसकटेरीतर्फ गइरहेको डबल क्याप बोलेरो करमडाँडामा दुर्घट्ना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी आभूषण तिमिल्सिनाले जानकारी दिए ।

मृत्यु हुने सबै कमलामाई नगरपालिका–७ बाँसकटेरीका हुन् । दुर्घटनामा मृत्यु हुनेमा  कमलामाई नगरपालिका ४ बाँसकटेरीका अन्दाजी ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता इस्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र उनका २ वर्षीय छोरा मनिष श्रेष्ठ रहेका छन् ।

दुर्घट्नामा ७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियले उद्धार गरी सिन्धुुली अस्पतालमा उपचारका लागि ल्याईएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा कमलामाई नगरपालिका ४ बाँसकटिका २७ वर्षीय धनबहादुर श्रेष्ठ, २० वर्षीया शान्तिमाया थिङ, २२ वर्षीया कविता श्रेष्ठ, ५० वर्षीया सुनमाया थिङ, ३० वर्षीया सुनमाया थिङ, २८ वर्षीय बिनिता श्रेष्ठ घाइते भएका छन् । घाइतेमध्ये एक दुई वर्षीय बालक पनि छन् ।
बोलेरोमा ११ जना यात्रु सवार थिए । 

घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button