सर्ट फिल्म ‘वरदान’ मा दयाहाङ र नम्रता

काठमाडौँ । निर्देशक दीपेन्द्र लामाले दयाहाङ राई र नम्रता श्रेष्ठलाई लिएर ‘वरदान’ नामक सर्ट फिल्म निर्माण गरेका छन् ।

लेखन समेत लामाकै रहेको फिल्मको छायाँकन शनिबार ललितपुरमा सकिएको छ । दयाहाङ र नम्रताले लामो समयपछि एउटै फिल्ममा काम गरेका हुन् ।

मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय फिल्ममा उठाइएको छ ।

विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा दर्शकले हेर्न पाउनेछन् । मुख्य भूमिका नम्रताले निर्वाह गरेकी छिन् । फिल्म कोसिस नेपालले निर्माण गरेको हो ।

कोरोना र लकडाउनपछि मानसिक स्वास्थ्यबारे बहस बढेकोले यस विषयमा फिल्म बनाउने सोच पलाएको निर्देशक दीपेन्द्रले बताए ।

‘डिप्रेसनमा गएकाहरुले आत्महत्याको बाटो रोज्ने सम्भावना धेरै रहन्छ, तर हामीले बेलैमा सही सल्लाह लिन वा दिनसक्यौं भने उनीहरुलाई बचाउन सक्छौं,’ दीपेन्द्रले भने, ‘डिप्रेसनबाट उठेर अरुलाई समेत प्रेरणा दिँदै सकारात्मक जीवन बाँचिरहेकी हुनाले नम्रतालाई नै मुख्य भूमिकामा छनोट गरिएको हो ।’

फिल्मको कथावस्तु मन परेर नै अभिनय गर्न आफू तयार भएको नम्रता बताइन् ।

करिब २० मिनेट अवधिको हुने फिल्ममा नम्रता र दयाहाङसहित प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय गरेका छन् ।

शैलेन्द्र डि कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको फिल्म केही हप्तापछि अनलाइन प्ल्याटफर्ममार्फत सार्वजनिक गरिने निर्देशक लामाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button