सप्तकोशीको चन्द्रनहर भत्कियो, ५०० घर डुबे

काठमाडौ । पछिल्लो समय लगातार पानी परिरहेको छ । निरन्तरको वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ मा रहेको चन्द्रनहर भत्केको छ ।

मुलुककै पहिलो र पुरानो नहरका रुपमा चिनिएको सप्तरी जिल्लाको चन्द्र नहर भत्केपछि झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् ।

पहाडी क्षेत्रका खोलानालाबाट हालै एक्कासि आएको पानीले अमहा, टेङ्ग्रालगायत खोलमा आएको बाढीले दुई ठाउँमा चन्द्रनहर भत्काएको मेयर उत्तम गौतमले जानकारी दिए । उहाँका अनुसार दुई ठाउँमा गरी झण्डै ५० मिटर नहर भत्किएको छ ।

बाढी बस्तीमा पस्दा सप्तकोशी नगरपालिकाका १, २, ४ र ११ वडाका ३ सय घर डुबानमा परेका छन् ।

यस्तै, बाढीले तिलाठी–कोइलाडी गाउँपालिका–७ मंसापुर र वडा नम्बर ५ बरसाइनका केही घर डुबाएको छ ।

गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहका अनुसार वडा नम्बर ७ को मंसापुर र वडा नम्बर ५ को बरसाइनका झण्डै २ सय ७५ घर डुबेका छन् । तिलाठी–कोइलाडी–८ तोपा बस्तीका २५ घरसमेत डुबानमा परेका छन् ।

निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर बढिरहेको छ । यस्तै, सप्तकोशी, त्रियुगा, महुली, खाँडौ, बलानलगायत नदीमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यि २२ सांसदका बारेमा के हुँदैछ फैसला ? एमाले कन्द्रीय कमिटी बैठक

प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासका मत दिएका माधव नेपाल पक्षका सांसदहरुलाई कारवाही गर्ने सम्भावना बढेको छ ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकले कारवाही गर्ने सम्भावना छ । सोमवार नै बैठकले ति सांसदलाई कारवाहीका लागि स्पष्टिकरण सोधिसकेको छ ।

मंगलवार बस्ने बैठकले प्रक्रिया मिलाएर उनीहरुमाथि कारबाही हुन लागेको हो ।

सोमवारको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालका अलावा देउवालाई मतदान गर्ने विरोध खतिवडा, कृष्णलाल महर्जन, प्रेमबहादुर आले, धनबहादुर बुढा, जीवनराम श्रेष्ठ, हिरा केसी, मेटमणि चौधरी लाई स्पष्टि करण सोधेको थियो ।

त्यस्तै २४ घण्टे स्पष्टिकरण सोधिएका अन्य सांसदहरुमा भवानी खापुङ, गोपाल बम, मुकुन्द न्यौपाने, कलिला खातुन, रामकुमारी झाँक्री, विनादेवी बुढाथोकी, कृष्णकुमार श्रेष्ठ, समिना हुसेन, कल्याणी श्रेष्ठ, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण कायस्थ, निरा जैरु, अञ्जना विशंखे छन् ।

कारबाहीको सूचीमा रहेकामा यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्री बनाइएका प्रेमबहादुर आले र धनबहादुर बुढा पनि छन् ।

ओली गुटबाट ७ जनाले अन्तिम समयमा गुट परिवर्तन गरेर देउवालाई विश्वासको मत दिएका थिए ।

एमालेको माधव नेपाल पक्षका सांसदहरु झलनाथ खनाल र तुलसा थापा देश बाहिर छन् ।

उनीहरु मतदानमा सहभागी भएनन् । एमालेकै माधव नेपाल पक्षका ११ सांसद पनि मतदानमा अनुपस्थित भए । उनीहरुले नेपाल पक्ष छाडेको चर्चा छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button