संसदीय समितिमा माधव नेपालले भने– पुनर्जीवित भएर आएका छौं, प्रभावकारी ढंगले काम गरौं

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद फेरि पुनःस्थापना गर्न सफल भएकोमा त्यसका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन् ।

आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध  समितिको संसद पुनःस्थापनापछिको पहिलो बैठकमा बोल्दै नेता नेपालले संसद पुनःस्थापनाका कारण सबैको भेट भएकोमा खुसी ब्यक्त गरे । 

उनले भने, ‘हामी सबैलाई मर्नबाट जोगाइएको छ, संसद फेरि पुनर्जीवित भएका छौं ।

हामी सबैलाई बधाई छ, हामी एउटा सङ्घर्षबाट सफल भएर भेट भएका छौं । संसद पुनःस्थापना नभएको भए हामी कारोना फैलाउँदै, आफू पनि संक्रमित हुँदै भोट माग्न गाउँ जानुपर्ने अवस्था हुन्थ्यो, त्यसको हामीले अन्त गरेका छौं । अब संसदलाई प्रभावकारी बनाएर लैजानुपर्नेछ।’

नेता नेपालले नयाँ सरकार बनेको र यो सरकारले हिजोको सरकारका नराम्रा कुराबाट सिकेर अघि बढ्नुपर्नेमा जोड दिए । 

सरकारले पूर्णता पाइनसकेको बताउँदै उनले सरकार पूर्ण भइसकेपछि समितिले गरेका निर्णयहरू कार्यान्वयन भएको छ कि छैन त्यसबारे क्रियाशील हुनुपर्ने बताए । 

उनले यसबारे संबन्धित मन्त्रीलाई भन्नुपर्ने, कर्मचारीतन्त्रलाई पनि सम्झाउनुपर्ने बताए ।  उनले आवश्यकता अनुसार नेपालको परराष्ट्र नीति परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

साथै समितिको बैठकलाई प्रभावकारी बनाउन नियमित रूपमा बैठक सञ्चालन गर्न, विषय विज्ञसँग छलफल गर्न र बैठकमा नियमित रूपमा सहभागी हुन सांसदहरूलाई आग्रह पनि गरे ।

सरकार सञ्चालन गर्न गठित कार्यदलको बैठक ४ बजे

गठबन्धन सरकार सञ्चालन तथा त्यसका लागि चाहिने साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलको बैठक आज अपराह्न बस्ने भएको छ ।

कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले बैठक अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए ।

कार्यदल स्रोतका अनुसार बैठकमा सरकार सञ्चालनको न्युनतम मापदण्ड, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल हुनेछ ।

सत्ता साझेदार दलहरूले काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थिए ।

जसमा काँग्रेसबाट संयोजक खड्कासहित ३, नेकपा माओवादी केन्द्रबाट २ र जनता समाजवादी पार्टी (जसपा) बाट २ जना सदस्य छन् ।

काँग्रेसका तर्फबाट महामन्त्री खड्कासहित नेता डा. मीनेन्द्र रिजाल र रमेश लेखक तथा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य रहेका छन् ।

यसअघि शनिबार साँझ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । जसले गठबन्धनको सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय गरेको थियो । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button