श्रीमानले जब कान नै हातमा राखिदिए….

काठमाडौ । बझाङमा एक पुरुषले आफ्नी श्रीमतीको कान का’टि’दि’एका छन् । घाइते भएकी श्रीमतीले कसैसंग गु’हार माग्न समेत नसकेपछि दुई दिन सम्म घरमै छ’ट’प’टि’एर बसेकी छन् ।

दुई दिन पछि जिल्ला अस्पताल बझाङमा उनको उपचार सुरु भएको छ । छोरीलाई भएको घटना आमाबुवाले पनि अरुले नै अस्पताल लगेपछि मात्र थाहा पाएका थिए ।

बझाङ जयपृथ्वी नगरपालिका वडा नम्बर(१ भण्डार गाउँकी २१ वर्षीया जानकी नेपालीलाई उनका श्रीमानले यस्तो या’त’ना दिएका हुन् । उनका २५ वर्षीय श्रीमान मनोज पक्राउ परेका छन् ।

अस्पतालकी एक नर्सका अनुसार उनको कानको बीचको भागनै थिएन । दिनहुँ मा’प’से गर्ने उनका श्रीमानले त्यसैको तालमा श्रीमतीसंग वि’वा’द गरेका थिए ।

मा’प’से गरेर घर आएका मनोजले श्रीमती छिमेकी आफन्तसंग हाँसेको भनेर निउँ खोजेका थिए । बुधवार उनीहरुबीच वि’वा’द भएको हो । का’न का’टे’पछि श्रीमानले नै भोलि मेडिकल गएर जोड्नु भनेर हातमा राखिदिएको जानकीले बताएकी छन् ।

घटना पछि श्रीमान सम्पर्क विहिन भएका थिए ।

लगातार रगत बग्न थालेपछि श्रीमान भा’गेको जानकीको भनाई छ ।

म उठ्न पनि सकिन श्रीमान भागे, कसैलाई खबर गर्न पनि नसकेर दुई दिन घरमै छ’ट’प’टि’एर बसें । १५ वर्षको उमेरमा कक्षा ९ पढ्दा नै उनको विवाह भएको थियो।

२१ वर्ष मात्रै भएकी उनका अहिले तीन छोराछोरी छन्। वैदेशिक रोजगारीका लागि भारतमा हुँदा पनि आफुलाई श्रीमानले टा’उ’कोमा ग्यास सि’लि’न्ड’रले हि’र्का’एर दुई महिना सम्म वे’हो’सी अवस्थामा अस्पतालमा उपचार गराएको बताएकी छन् ।

त्यती बेला सासुले रोकेका कारण मनोज विरुद्ध उजुरी नदिएको नउको भनाई छ ।

देउवाको यो कदमको ओलीले खुलेरै गरे बिरोध, सबैले आफैले गरेको दावी

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो सरकारले गरेका कामलाई ओझेलमा पार्न प्रतिक्रियावादी शक्ति लागिपरेको बताएका छन्।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा भइरहेको बैठकलाई सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री ओलीले आफ्नो सरकारले गरेका कामले राजनीतिक दलहरुको अस्तित्व धरापमा परेकाले उनीहरु विरोधमा उत्रिएको बताए। उनले आफू सरकारमा हुँदा जनताको पक्षमा काम गरेको दाबी गरे।

‘सरकारमा रहँदा जनताको पक्षमा काम गरेका थियौँ,’ अध्यक्ष ओलीले भने‚ ‘सबै नेपालीलाई लगाउन पुग्ने गरी खोपको व्यवस्था गरेका छौं। अब कसैले जोड दिइराख्न पर्दैन। बाढी पीडितको व्यवस्थापन गर्न सबै तयारी भइसकेका छन्।’

हिजो सदनमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कोभिड खोप आफ्नो प्राथमिकतामा रहेको बताएका थिए ।

केन्द्रीय कमिटी बैठकमा ओलीले सबै नेपालीलाई पुग्ने गरी खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको सरकारले नै गरेकाले त्यसलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको बताएका छन् ।

‘केही पनि नभएको ठाउँबाट सबैले कोभिड खोप लगाउन पाउने अवस्थामा पुर्‍याएका छौं ।

दक्ष जनशक्ति, खोप लगाउने केन्द्रहरू र तदअनुसारको प्रबन्ध र सबै नेपालीलाई क्रमशः लगाउने पुग्ने गरी खोपको व्यवस्था गरेका छौं’, निवर्तमान प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘अब कसैले प्राथमिकता खोप, खोप, खोप भनेर जोड दिइरहन आवश्यक छैन ।’

ओलीले आफु सरकार हुँदा विकासको गति बढाउँदै गर्व गर्न लायक काम गरेको दाबी गरेका छन्। यस्तै‚ देशको राजनीति समस्या समाधान र अन्तर्राष्ट्रयि समस्या समाधानका लागि महत्त्वपूर्ण काम गरेको बताएका छन्।

ओलीले भने, ‘केही राजनीतिक दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि भएपनि आफू नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको विरोध गरेका हुन् । पार्टीभित्रका महत्वकांक्षीहरूलाई सुर्‍याएर आफ्नो पार्टीलाई कमजोर बनाउने काम भइरहेको छ ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button