शहीदको सपना पूरा गर्छौंः मुख्यमन्त्री राई

 प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनामा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेश नं १ सरकारद्वारा ७१ औँ राट्रिय प्रजातन्त्र दिवस–२०७७ को उपलक्ष्यमा आज यहाँ आयोजित समारोहमा मूल समारोह समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्री राईले २००७ साल फागुन ७ गतेका दिन निरङ्कुश जहानीयाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता प्राप्ति गरेको ऐतिहासिक दिनको सम्झनामा प्रजातन्त्र दिवश मनाइरहेका स्मरण गरे ।

“संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र स्वाभिमान अझ माथी उठाउँदै, त्यसलाई सबल र सुदृढ गर्दै नवनेपाल निर्माणको ऐतिहासिक अभिभारा बोकेर, विशाल एवं फराकिलो यात्रामा सहभागी भइरहेका छौँ”, उनले भने ।

मुख्यमन्त्री राईले मुलुक यतिबेला विकास र आर्थिक समृद्धिको नयाँ युगमा छ भन्दै प्रदेश आवधिक योजनाको तर्जुमा गरी स्वच्छ, सुखी र समुन्नत प्रदेशको अवधारणासहित राष्ट्रिय आकांक्षामा आबद्ध भएको बताए ।

मुख्यमन्त्री राईले मुलुकमा पटकपटकका प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर पहिलो पटक सङ्घीय ढाँचामा आधारित शासन प्रणाली अबलम्वन गरिएको चर्चा गरे ।

उनले सङ्घीय सरकारसँगको समन्वयमा यस प्रदेशमा सबै जनताबीच कोरोनाविरुद्धको खोप पुर्याइने प्रतिबद्धता व्यक्त गरे ।

उनले प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गरी प्रदेश संरचना कमजोर बनाउने उद्देश्यले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावलाई ल्याइएको तर्क गरे ।

कार्यक्रमा प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी०को उपस्थिती थियो ।

सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सम्मान अर्पण गरेको थियो । प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालयमा झण्डोत्तोलन गरेका थिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button