विहानै आफ्नै घरमा भेट्न आएका ओली पक्षका नेतालाई यस्तो जवाफ दिएर फर्काए नेपालले, अब के होला एमाले एकता ?

काठमाडौ । नेकपा एमाले भित्रको विवाद थप पेचिलो बनेको छ । माधव नेपाल पक्षको सहमति विपरित संस्थापन पक्षले केन्द्रीय कमिटीको बैठक राखेपछि थप पेचिलो बनेको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपालले वैठक केही दिन पछि सार्न र माओवादी छोडेर आएका रामबहादुर थापा बादल लगायतका नेताहरुको विषयमा आफुहरु सहभागी बैठकवाट निर्णय गर्न प्रस्ताव राखेका थिए ।

तर ओलीले उनको प्रस्ताव नमानेर केन्द्रीय कमिटीको बैठक बोलाए । त्यती मात्र होइन बैठकवाट नेपाल पक्षलाई दुई दिनको अल्टिमेटम दिँदै शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिए ।

हस्ताक्षर फिर्ता नलिने अडान राखेका माधव नेपाललाई फकाउन आइतवार ओली पक्षका नेताहरु उनको निवास कोटेश्वरमा विहानै पुगेका थिए ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अदालतबाट फैसला आउनुभन्दा अगावै हस्ताक्षर फिर्ता नलिए अब पार्टी एक हुन नसक्ने बताईसकेका छन् ।

हस्ताक्षर फिर्ताको लागि दिईएको समयसिमा घर्किन लागेको भन्दै दुवै पक्षका प्रभावशाली नेताहरु आज विहान नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए ।

तर, नेता नेपालले हस्ताक्षर फिर्ता लिन नसक्ने जवाफ दिएका छन् । नेता नेपाललाई भेट्न अध्यक्ष ओलीको तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल गएका थिए ।

नेपालको तर्फबाट भने घनश्याम भुषाल र सोमप्रसाद पाण्डे सहभागी थिए ।नेता नेपालले देउवाको पक्षमा गरेको स्ताक्षर फिर्ता नलिने अडान लिएपछि उनलाई भेट्न पुगेका नेताहरु निराश भएर फर्किएका छन् ।

ओली र नेपालको यस्तो अडानका कारण एमाले एकताको सम्भावना कम हुँदै गएको छ । केन्द्रीय कमिटीको बैठकमा ओलीले एमाले एकता गराउने जिम्मेवारी वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई दिएका थिए । गौतमका तर्फवाट अहिले सम्म ठोस पहल भएको समाचार आएको छैन ।

मुख्यमन्त्री शंकर पोखरेललाइ यस्तो आपत आइलागेपछी …..

लुम्बिनी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएकी छन् ।

राज्यमन्त्री रायमाझीले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएकी हुन् ।

‘तपाईं मुख्यमन्त्री रहेको प्रदेश सरकारमा मसमेत मन्त्री भएर कामकाजमा सहयोग गरी आएकोमा जनता समाजवादी पार्टी, नेपालको तपाईं नेतृत्वमा रहेको सरकारलाई समर्थन नरहेकाले मैले तपाईंको सरकारमा पार्टीको समर्थन र सहयोगविना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकाले नेपालको संविधानको धारा १६९ को २ (क) बमोजिम मन्त्री पदबाट राजीनामा गरेकी छु,’ उनले मुख्यमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ ।

आफ्नै पार्टीका तीन जना सांसदले साथ छाडेपछि जनता समाजवादी पार्टीको महन्त ठाकुर पक्षका सांसदलाई सरकारमा सहभागी गराएर लुम्बिनी प्रदेश सरकार सुरक्षित बनाएका मुख्यमन्त्री पोखरेललाई मन्त्रीले राजीनामा दिएपछि फेरि ठूलो झड्का लागेको छ ।

जसपा (महन्त ठाकुर) पक्षमा लागेर मन्त्री भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएर जसपा (उपेन्द्र यादव) पक्षमा लागेकी छन् । यसले फेरि लुम्बिनी सरकारमा हलचल मच्चिएको छ ।

उनी वैशाख १९ गते सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर पछि शंकर पोखरेल नेतृत्वमा सरकारमा सहभागी भएकी थिइन् । सरकारमा सहभागी भएको २ महिनापछि राजीनामा दिएर यादव पक्षमा लागेपछि शंकर पोखरेल सरकार स्पष्ट अल्पमतमा परेको छ ।

जसपा (यादव पक्ष) का संसदीय दलका नेता सहस्रराम यादवले रायमाझी पुरानै ठाउँमा फर्किएको बताए । उनले भने, ‘हाम्रो पार्टीको माननीयज्यू बीचमा केही समय हडबडाउनुभयो ।

पार्टीले कारवाही पनि ग¥यो अहिले बुझेर पुरानै ठाउँमा फर्किनुभयो ।’ ६ जना सांसद रहेको जसपाका महत्व ठाकुर पक्षका ४ जना सरकारमा सहभागी थिए । जसपा नेता मोहम्मद इस्त्याक राईले अन्य मन्त्रीहरु आफूहरुसँग आउने बारे छलफल भइरहेको बताए ।

भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेय, उद्योग, पर्यटन तथा वन मन्त्री कल्पना पाण्डे र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव सरकारमै छन् ।

मन्त्रीको राजीनामा पछि लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ । ८३ सदस्य प्रदेशसभामा एमालेका ३८ र जसपाका ठाकुर पक्षमा ३ जना गरी अब ४१ जना सांसद भए ।

प्रदेशसभामा बहुमतको लागि ४२ सांसद आवश्यक हुन्छ । विपक्षी गठबन्धनले पहिलदेखि नै प्रदेश सरकार अल्पमतमा रहेको बताउँदै आएको थियो । अझै लुम्बिनी एमाले माधव नेपाल पक्षमा २ जना सांसद छन् ।

नेकपा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले मन्त्रीको राजीनामा आएको भन्ने सुनेको बताए । ढकालले भने, ‘राजीनामा आयो भन्ने सुनियो । के हो अरु विषयमा बुझ्न पाइएको छैन । अन्य विषय अब बुझ्दै जाऔँला ।’

माओवादी केन्द्रले सरकारले छाडेपछि वैशाख १९ गते पोखरेलले राजीनामा दिएर पुनः विपक्षीको विरोधका बीच प्रदेशप्रमुखलाई आफ्नै कार्यकक्षमा लगेर सपथ लिएका थिए ।

एमाले कपिलवस्तुका सांसद दृघनारायाण पाण्डे, दाङका अमरबहादुर डाँगी र दाङकै नेकपाबाट निर्वाचित सांसद विमला वलीले शंकरको साथ छाडेका थिए । पाण्डेले कांग्रेसबाट राष्ट्रियसभा सदस्य भइसकेका छन् ।

त्यस्तै डाँगीले राजीनामा दिए भने वली माओवादी केन्द्रमा खुलेकी छन् । यो समाचार राजधानी दैनिकमा छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button