विश्वासको मत नलिने,अविश्वासको प्रस्ताव आए सामना गर्ने : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओली आफैंले संसदमा विश्वासको मत नलिने भएका छन् ।

विधि र पद्धतिअनुसार अविश्वासको प्रस्ताव आए सामना गर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा भएको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि पुनस्र्थापित प्रतिनिधिसभाको बैठक भोलि २३ गते बोलाइएको छ ।

त्यसको अघिल्लो दिन ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको थियो, जसमा प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी ११५ सांसद सहभागी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईको दाबी छ ।

आफ्नो समूहका सांसदहरुको बैठकमा दलका नेता एवं प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव आए सामना गर्ने बताए । आफूसँग बहुमत रहेको भन्दै उनले भने, ‘संसदमा अविश्वासको प्रस्ताव आयो भने डटेर सामना गर्छौं र जित हाम्रै हुन्छ ।’

राष्ट्रियसभा सदस्य सुमन प्याकरेलका अनुसार प्रधानमन्त्री आफैंले संसदमा विश्वासको मत लिने सम्भावना छैन ।

‘संसद विघटन गर्दा उहाँले जुन प्रश्न उठाउनु भएको थियो, त्यो ठीक थियो भन्ने पुष्टि भएको छ,’ उनले भने, ‘त्यसैले प्रधानमन्त्री आफैंले विश्वासको मत लिने भन्ने प्रश्नै आउँदैन ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button