वामदेवको ‘पार्टी एकता राष्ट्रिय अभियान’ कार्यक्रम सुरु, ओली र प्रचण्डलाई निम्तो, तर दुबैजना गएनन्

१४ माघ, काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमको नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रम सुरु भएको छ ।

ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी अभियानको घोषणा कार्यक्रम सुरु गरिएको हो । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त भएका बेला गौतमले पार्टी एकता राष्ट्रिय अभियान सुरु गरेका हुन् । 


कार्यक्रम  सहभागीलाई नेकपा एकता राष्ट्रिय अभियान अवधारणापत्र हस्तान्तरण गरिएको छ ।

अवधारणापत्रमा पार्टी एकताको कारण अध्यक्षद्वय बीचको अविश्वासलाई चित्रित  गरिएको छ ।

कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पनि निमन्त्रणा गरिएको छ ।

तर उनीहरू कार्यक्रममा उपस्थित भएका छैनन् । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button