वहुउपयोगी गुर्जो कसरी र कति खाने ? यसका वेफाइदा पनि छन् जानी राखौं

काठमाडौ । आयुर्वेदका वरिष्ठ चिकित्सक डा। ऋषिराम कोइराला अनुसार महामारी अगाडि पनि ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्या न्स रको समस्या भएका बिरामीलाई खान दिइन्थ्यो।

दक्षिण एशियाका भारत र श्रीलङ्कामा पाइने गुर्जो नेपालको पनि तराईदेखि हिमाली क्षेत्रसम्मै पाइने आयुर्वेदका चिकित्सकहरू बताउँछन्। रोगसँग ल ड् ने प्रतिरोध क्षमता बलियो बनाउने भएकोले गुर्जो खाँदा सङ्क्रमणबाट जोगिन मद्दत पुग्ने कोइराला बताउँछन्।

“गुर्जो बहुउपयोगी जडिबुटी हो। यसको अवगुण वा शरीरलाई अन्य असर गर्ने तत्व नभएकोले यो खाँदा फाइदा हुन्छ,” उनले भने। “यसमा भएको एन्टिअक्सिडेन्ट गुणका कारण कतिपय मानिसले यो खाएपछि अलि कमजोर भएको महसुस गर्न सक्छन्।

त्यस्तो भए मह मिसाएर खाँदा हुन्छ।” उनका अनुसार यसले शरीरमा चिनीको मात्रा थोरै घटाउन सक्छ। तर त्यो असर लामो समय रहँदैन।

गुर्जो कति र कसरी खाने ?

चिकित्सक कोइरालाको सुझाव यस्तो छ स् गुर्जो नेपाली बजारमा धूलो वा डाँठका रूपमा उपलब्ध हुन्छ। धुलो खाने भए पाँचग्राम गुर्जोको पाउडर दुई गिलास पानीमा हालेर उमाल्ने अनि एक चौथाइ भएपछि छानेर वा नछानेरै दिनमा एकपटक खान सकिन्छ।

डाँठ छ भने बूढीऔँला जतिको मोटाइ र त्योभन्दा थोरै कम लम्बाइ भएको गुर्जोलाई थि चे र टु क्रा बनाउने अनि पानीमा उमालेर आधा घटाइ दिनको एक कप खान सकिन्छ। गुर्जो खाना खानुभन्दा अघि खाँदा त्यसले फाइदा गर्छ।

यसका केही वेफाइदाहरु पनि छन् स्
को भिड–१९ बाट जोगिनका लागि प्रयोग हुने विभिन्न जडीबूटिहरु र पारम्परिक औषधीले शरीरलाई ग म्भी र नोक्सान पुर्याउन सक्छ । मुम्बईका डाक्टरले एक वर्ष अगाडि यी कुराहरुबाट ६ जनामा लिभर ड्या मे जको समस्या देखिएको दावी गरेका छन् ।

तीनमा धेरै विरामीहरुलाई जन्डीस र लीथर्जी (सुस्त र थकानसंग सम्बन्धित विकार) को समस्या देखिएको थियो ।

टाइम्स अफ इन्डियाको एउटा रिपोर्ट अनुसार डाक्टरले जब ती विरामीहरुको हिस्ट्री पत्ता लगाए, तब सबैले गुर्जो को से व न गरेको थाहा भयो । नेपालमा पनि गुर्जोलाई प्राचिनकाल देखि नै स्वास्थ सम्बन्धि फाइदा गर्ने जडिबुटी मानिन्छ । नेपालमा गुर्जो रोप्ने अभियान नै थालिएको छ ।

यसैबीच, इन्डियन नेश्नल एसोसिएशन फर दि स्टडी अफ दि लिभरमा प्रकाशित एउटा अध्यनमा लिभर विशेषज्ञ डाक्टर आभा नागरल भन्छिन् –‘एक जना ६२ वर्षीया वृद्धा महिलाको पेटमा समस्या भएकाले उनलाई अस्पताल भर्ना गरिएको थियो ।

करीव चार महिनासम्म उक्त विकारसंगको सामना गर्दा–गर्दै उनको मृत्यु भयो ।’

डा।नागरलका अनुसार यो त्यही समय थियो, जब उनले बायोप्सीमार्फत लिभरमा गुर्जोबाट हुने यो घा त क इ न्ज रीका बारेमा पत्ता लगाएका थिए ।

लिभर ट्रान्सप्लान्ट सर्जन डा।एएस सोइन, जसको यो अध्ययनसंग कुनै सम्बन्ध छैन, उनका अनुसार उनले गुर्जोले लिभर ड्या मे ज पारेका अहिलेसम्म पाँच वटा के श हरु देखिसकेका छन् । लिभर ड्या मे ज भएकै कारण ती मध्ये एक जना बिरामीको त निधन समेत भएको थियो ।

डाक्टर एएस सोइनका अनुसार महामारीको क्रममा मानिसहरुले इम्यूनिटी बुस्ट गर्नका लागि कुनै अक्सिडेन्टको रुपमा गुर्जोको प्रयोग गरिरहेका थिए ।

उनका अनुसार दुर्भाग्यवश यसका कारण धेरै जना मानिसहरुले लिभर ट क्सि टीको सामना गर्नु पर्यो । गुर्जोको से व न बन्द गरेको केही महिनापछि नै बिरामीहरु रिभकभर भएका थिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button