![](/wp-content/uploads/2021/07/child-death-780x470.jpg)
लोकन्थलीमा गाडीले किचेर १७ महिने बालकको मृत्यु
भक्तपुर : भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि शुक्रबार गाडीले किचेर १७ महिनाको बालकको मृत्यु भएको छ ।
![](/wp-content/uploads/2022/08/skm_97x90.jpg)
खेल्दाखेल्दै पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नं. को निशान गाडीमुनि छिरिरहेको अवस्थामा गाडी अगाडि बढाउँदा किचेर बालकको मृत्यु भएको हो ।
![](/wp-content/uploads/2022/08/tobacco-online-add.gif)
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपाँलिका वडा नं. ५ घर भइ हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठका छोरा १७ महिनाको सलिन श्रेष्ठको मृत्यु भएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।
घटनापछि गम्भीर घाइते भइ उपचारको लागि समिट अस्पताल लोकन्थली लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको छ।