ललितपुरको कुपण्डोलबाट पक्राउ परिन शोभा गुरुङ

नेपाल प्रहरीले रु १३ लाख ७० हजार जरिवाना भएपछि फरार रहेका एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १३ लाख ७० हजार जरिवाना गरेपछि फरार रहेका तनहुँ व्यास नगरपालिका–९ का ४५ वर्षीया शोभा गुरुङलाई आज ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ चैत ३० गतेको फैसलापछि १४ दिन कैद र बिगो बमोजिम रु १३ लाख ७० हजार जरिवाना ठहर गरेपछि फरार रहेकी गुरुङलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकी गुरुङले आफ्नो सानिमा विकास बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् ।

उच्च अदालतले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।

पक्राउ परेकी गुरुङलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।

गुरुङलाई फैसला कार्यान्वयनको लागि पाटन उच्च अदालतमा सोमबार पेश गरिएको छ भने उनलाई सोमबार नै कारागार चलान गरिएको ब्‍यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिनुभयो ।

यसअघि ब्‍यूरोले आइतबार बुढानीलकण्ठ नगरपालिका-४ हात्तीगौडाकी ४५ वर्षीया नीता भण्डारीलाई बैंकिङ कसूरमा बुढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

१ बाल्टिन चोखो पानी ल्याउनु भन्दै……

पैसा डबल बनाइदिने भन्दै रकम लिएर ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका -८ अशोक चोकमा ३५ वर्षीय चन्दन कुमार मुखिया रहेका छन् ।

मुखियाले रकम डबल बनाइदिने भन्दै गत चैत २७ गते अशोक चोककै ३१ वर्षीय राजकुमार रायसँग २ लाख २० हजार रुपैयाँ लिएका थिए ।

मुखियाले रायलाई पैसा डबल बनाई दिन्छु भनि २ लाख २० हजार लिएर १ बाल्टिन चोखो पानी ल्याउनु भन्दै २ वटा गोल्डेन कलरको कागज झिकी पोको बनाई २ वटा केमिकल र सिरिन्ज समेत दिएका दिए ।

उनले २४ घण्टामा यो पोकोमा केमिकल सिरिन्जबाट हान्नु पैसा डवल हुन्छ भन्दै २ लाख २० हजार रुपैयाँ ठगी गरी फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फरार मुखियालाई ४ महिना पछि आज दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । आज मिति थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button