रोकिएको १०औं नेफ्टा फिल्म अवार्ड अब छिट्टै हुने भएको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण स्थगित भएको १० औं नेफ्टा फिल्म अवार्ड अव आयोजना हुने भएको छ । नेपाल चलचित्र प्राविधिक संघद्धारा आयोजित अवार्ड कार्यक्रमका संयोजक तथा नेफ्टाका कोषाध्यक्ष सुश्री सुष्मा पैडेल ( गिता ) को अनुसार चलचित्र क्षेत्रलाई चलायमान बनाउनको लागि १० औं नेफ्टा फिल्म अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम अन्तिम चरणमा पुगेको र १० औं नेफ्टा फिल्म अवार्ड उत्कृष्ट पाँच मनोनयन ( टप फइब )छनोट हुनेछन । कार्यक्रम २०७७ माघ १० गते र अवार्ड कार्यक्रम मिति २०७७ फाल्गुन अन्तिम सातामा कोभिड १९ लाई मध्यनजर गरि सामाजिक दुरी कायम गर्दै कार्यक्रम गर्ने भएको छ । साथै यस अवार्ड कार्यक्रममा भाग लिने २०७५ को सिनेमाहरु पर्नेछन् ।   

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button