रेल किनेर ल्याएको अस्ति नै हेरिसक्नुभएको छ,सञ्चालनको तारतम्य हामी मिलाउँदैछौँ : ओली

प्रधानमन्त्री ओलीले अब सरकारले आफ्नै रेल किनेर ल्याएर किनेर छिट्टै सञ्चालन गरिने बताए । उनले भने, हामीले उत्तर–दक्षिण रेलको कुरो ग¥यौं ।

हामीले केरुङ–काठमाडौं रेल, काठमाडौं रक्सौल रेलको कुरा ग¥यौं । पूर्वपश्चिम रेल अब छिटै शिलान्यास गर्दैछौं पूर्वबाट ।’

प्रधानमन्त्रीले अगाडि भने, ‘अहिले कतिपय ठाउँमा बाटोहरु बनिराख्या छ । राइट अफ वे स्पष्ट गरिया छ । त्यहाँ क्षतिपूर्ति दिने अधिग्रहण गर्ने कामहरु भइराख्या छ । रेल ल्याएर आफ्नै रेल अब किनेर छिटै नै सञ्चालन गरिँदैछ ।’

ओलीले भने, ‘रेल किनेर ल्याएको अस्ति नै तपाईहरुले हेरिसक्नुभएको छ । रेल किनेर ल्याइसक्या छ । सञ्चालनको तारतम्य हामी मिलाउँदैछौँ ।’  

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button