राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच २ घण्टा बढी भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्रीवाट हटेपछि पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गरेका छन् ।

शुक्रवार विहान अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच २ घण्टा लामो भेटवार्ता भएको भएपनि के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन ।

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको भेटलाई महत्वका साथ हेरिएको छ ।

राष्ट्रपति भण्डारी र ओलीको मिलेमतोमा असंवैधानिक कदम चालिएको आशंका गरिएको अवस्थामा फेरी अध्यक्ष ओलीले राष्ट्रपतिलाई भेट गर्ने कुरालाई चासोका साथ हेरिएको हो ।

प्रधानमन्त्रीका हैसियतमा राष्ट्रपतिसंगको मिलेमतोमा ओलीले असंवैधानिक कदम चालिएको आशंका गरिएको हो ।

किनकी राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको मिलेपतोमा अझै केही अंवैधानिक कार्य हुनसक्ने आँकलनका साथ भेटलाई चासोका साथ हेरिएको हो ।

उहाँहरुबीच शुक्रबार बिहान पौने १२ देखि झण्डै २ बजेसम्म भेटवार्ता भएको बताइएको छ । स्रोतका अनुसारराष्ट्रपति भण्डारीलाई भेट्न अध्यक्ष ओली शीतलनिवास पुगेका थिए ।

ओली प्रधानमन्त्री रहेका बेला राष्ट्रपतिले पटक, पटक असंवैधानिक कदममा साथ दिएको भन्दै आलोचना हुने गरेको छ।

लचिलो बन्दै ओली

नेकपा (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपालसहित बाटो बिराएका नेतालाई आममाफी दिने घोषणा अनुमोदन गरेको छ।

केन्द्रीय कमिटीको १० औं बैठकले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली हदैसम्म लचिलो हुँदै आममाफीको प्रस्ताव अनुमोदन गरेको हो।

पुष्पलाल स्मृति दिवसको अवसरमा आममाफी दिने घोषणा गरेका अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक प्रस्ताव नै गरे।

केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले अध्यक्ष ओलीको बाटो बिराएका साथीहरूलाई आममाफी गर्ने प्रस्ताव सर्वसम्मतले अनुमोदन गरेको जानकारी दिए।

अध्यक्ष ओलीले बैठकमा विगतमा आफूबाट भएका कमी कमजोरीलाई पनि स्वीकार गरेका थिए। ‘समयमा निष्कर्षमा पुग्न नसक्नु मेरो पनि कमजोरी हो, ममा यो कमजोरीको महसुस भएको छ’, उनले भने।

अध्यक्ष ओलीले पार्टीको एकताको रक्षाका लागि आफ्नो तर्फबाट हरसम्भव कोसिस हुने बताउँदै पार्टीमा सकारात्मक योगदान गर्ने सबैलाई विगतका गल्तीहरूप्रति उन्मुक्ति दिँदै काम गर्ने वातावरण निर्माण गरिने स्पष्ट पारे। उनले अन्तरघात र आन्दोलनलाई अन्तरध्वंश गर्ने प्रवृत्ति भने क्षम्य नहुने बताए।

अध्यक्ष ओलीले उच्च मनोबलका साथ देश, जनता र आन्दोलनको हितलाई सर्वोपरि राखेर क्रियाशील हुन आह्वान गरे। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

अब देखि लामोदुरिका सवारीसाधन चल्ने

गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न प्रहरी प्रधान कार्यालय नक्साल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

मंगलबार मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालसम्बन्धी अन्यन्त जरुरी सूचना प्रकाशित गर्दै यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

‘त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीहरुको आवागमन समेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर मध्यम र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आवश्यक सहजीकरण गर्न अनुरोध छ ।,

’ गृहका शाखा अधिकृत रामबहादुर केसीले प्रकाशित गरेकाे परिपत्रमा लेखिएको छ ।

साउन ४ मा मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको उक्त पत्रमा उल्लेख छ ।

यता, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ललितपुरले लामो दूरीको सार्वजनिक यातायात सञ्चालनबारे शुक्रबार टुंगो लाग्ने बताएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघ, ललितपुरका महासचिव योगेन्द्रनाथ कर्माचार्यले लामो दूरीको यातायात सञ्चालनबारे भोलि टुंगो लाग्ने बताउनुभयो ।

‘यस विषयमा छलफल गर्न भोलि १ बजे जिल्ला प्रशासन कार्यालयमा बैठक बोलाइएको छ । यसपछि लामो दूरीको यातायात सञ्चालन गर्ने वा नगर्ने भन्ने टुंगो लाग्छ,’ उहाँले गोरखापत्र अनलाइनसँग कुरा गर्दै भन्नुभयो ।

कोरोना महामारीको सङ्क्रमणको दोस्रो लहर नियन्त्रण र रोकथामको लागि काठमाडौं उपत्यकाभित्र र बाहिरी जिल्लाबाट सार्वजनिक यातायात प्रवेश गर्न दिइएको छैन ।

तर, उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायात सञ्चालनमा आइसकेका छन् ।

त्यस्तै, साउन १ गते बसेको काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख अधिकारीहरुको बैठकले अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइने निर्णय गरेको थियो ।

तर, लामो दूरीको यातायात सञ्चालन गर्नेबारे उक्त बैठकले कुनै निर्णय गरेको थिएन । गोरखापत्र दैनिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button