रामकुमारी झाँक्री प्रहरीको निगरानीमा, काठमाडौ भित्रना साथ पक्राउ गर्ने

काठमाडौ । राष्ट्रपति विद्या देवी भण्डारीका बारेमा विवादास्पद अभिब्यक्ति दिएकी आन्दोलनरत नेकपाकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीको निगरानीमा राखिएको छ ।

उनलाई कारवाही गर्न माग गर्दै अखिल नेपाल महिला संघले गृहमन्त्री र प्रधानमन्त्री समेतलाई ज्ञापनपत्र बुझाएको थियो ।

सरकाले उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बुझिएको छ । सरकारी निर्देशनपछि प्रहरीले निगरानी गरिरहेको पाइएको छ ।

प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा विवादास्पद अभिब्यक्ति दिएकी थिइन् ।

भीभीआईपीलाई गा ली ग लौ ज गरेको अभियोगमा गृह मन्त्रालयको निर्देशनमा महानगरीय अ प रा ध महाशाखाले नेत्रा झाँक्रीलाई निगरानी गरिरहेको हो ।

उनी जतिबेला पनि पक्राउ पर्न सक्ने सम्भावना छ । झाँक्री अहिले काठमाडौ बाहिर भएको र २८ गते आउने भन्ने खबर प्रहरीलाई पुगेको पनि बताइएको छ । उनी काठमाडौ आउनासाथ पक्राउ गर्ने योजना प्रहरीको छ ।

गत बुधवार नेकपा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले नेत्री झाँक्रीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र बुझाएका थिए ।

गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ ।

नेपालको कुन जिल्लाबाट चुनाव ल ड् ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button