यो सरकारको काल आएकै हो त? : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ परेको विषयमा आपत्ति जनाएका छन् ।

झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुर आरोपमा बिहीवार बानेश्वरस्थित उनको घरबाट पक्राउ गरेको थियो । भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट लेख्दै सरकारको यो कदमको विरोध गरेका हुन् ।

‘ओली सरकारले राष्ट्रपतिबारे विचार अभिव्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ, नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता नै दिन्छ, सरकारको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने? यो सरकारको काल आएकै हो ?’

नेतृ झाँक्रीलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थिए । त्यसपछि उनलाई सादा पक्राउ गर्न सादा पोशाकका प्रहरी झाँक्रीको घर पुगेका थिए ।

झाँक्रीले प्रहरीलाई पक्राउ पुर्जी लिएर आउन भनेपछि प्रहरीले पक्राउ पुर्जी लिएर झाँक्रीलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button