युवालाई प्रचण्डको निर्देशन : ‘रिल्याक्स’ गर्ने समय होइन, माओवादीलाई जिताउने गरी लाग्नुहोस्

काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न युवाहरुलाई निर्देशन दिएका छन् । 

पार्टी निकट युवा संगठन वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तनको पक्षलाई बिजयी बनाउन केन्द्रित भएर लाग्न निर्देशन दिएका हुन् ।

प्रचण्डले भने, ‘पार्टीमा युवाहरुको प्रतिनिधित्व कम्तिमा २० प्रतिशत हुनुपर्ने वैधानिक व्यवस्था गरेका छौं । युवाहरुको बाहुल्य हुँदै गएको छ केन्द्रीय समितिमा । अर्को कुरा चुनावी महासंग्राम आएको छ । युवाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ । अर्जुनदृष्टि परिवर्तनको पक्षलाई बिजयी बनाउन केन्द्रित भएर लाग्नुहुनेछ । ’

प्रचण्डले युवाहरु ‘रिल्याक्स’ गर्ने ठाउँमा नरहेको बताए ।

प्रचण्डले भने, ‘म विशेषरुरुपमा तपाईं युवाहरुलाई अपिल गर्न चाहन्छु । हामी २१ औं शताब्दीको  समाजवादी क्रान्तिको चरणमा छौं । क्रान्ति विकसित र परिमार्जित हुनसक्छ । बामपन्थीहरुलाई एकताबद्ध गर्न र कम्युनिष्ट आन्दोलनलाई शक्तिशाली बनाई समाजवादको यात्रामा अघि बढ्ने गरी छलफल चलाएका छौं ।’

परिवर्तन विरोधीहरुलाई परास्त गर्न आवश्यक रहेको उनको भनाइ छ। सुशासन र विकास नै अहिलेको आवश्यकता रहेको भन्दै त्यसतर्फ केन्द्रित हुन युवालाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button