यी युवती जसले सय दिनसम्म ९ घण्टा सुतेर राखिन विश्व कीर्तिमान

काठमाडौं ।

मानिसको लागि शोख भन्ने ठूलो कुरा हो । कतिपयलाई महंगा गाडीको शोख हुन्छ त कतिलाई घुमफिर गर्ने । तर एकजना युवतीलाई चाहिं बच्चैदेखि सुत्ने शोख थियो । आफ्नो सोही शोखका कारण उनले कीर्तिमान कायम गरी करीब १० लाख रुपैयाँ जितेकी छिन् ।

छिमेकी मुलुक भारतको पश्चिम बंगालमा बस्ने ती युवतीले ४ लाख प्रतिस्पर्धीलाई हराएर सुत्ने प्रतियोगिता जितेर रेकर्ड कायम गरिन् र ६ लाख भारु पुरस्कार समेत पाइन् ।

हुगलीको श्रीरामपुरमा बस्ने ती युवतीको नाम त्रिपर्णा चक्रवर्ती हो । ती युवतीले १ सय दिन ९ घण्टासम्म सुतेर रेकर्ड कायम गरिन् । भारतभरका प्रतियोगीका लागि आयोजित उक्त स्पर्धामा ४ लाख जना सहभागी भएका थिए । त्यसमध्ये १५ जना प्रतिस्पर्धीलाई छनोट गरिएको थियो, जसमध्ये केवल ४ जनामात्रै फाइनल चरणमा पुगेका थिए ।

अन्तिम स्पर्धामा छानिएका ४ प्रतियोगीलाई एउटा म्याट्रेस र एउटा स्लिप ट्रयाकर दिइयो र निद्राको क्षमता देखाउन भनियो ।प्रतियोगितामा विजेता बनेकी त्रिपर्णा आफूलाई रातमा निद्रा नलाग्ने र दिनभर चाहिं निदाउन सक्ने बताउँछिन् ।

उनी अमेरिकाको एक बहुराष्ट्रिय कम्पनीमा काम गर्दछिन् । वर्क फ्रम होमका कारण उनी रात्रीकालीन समयमा जागेर काम गर्नुपर्दछ र त्यसको भरपाइका रुपमा उनी दिनभर निदाउँछिन् । त्रिपर्णालाई बाल्यकालदेखि नै सुत्न मन लाग्थ्यो । जितपछि त्रिपर्णाले आफूलाई सानैदेखि सुत्न मन लाग्ने गरेको बताइन् । त्रिपर्णाका अनुसार परीक्षादेखि अन्तर्वार्तासम्म उनी पटक–पटक सुतिन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button