मौलिक अधिकारको सम्मान गर्न सरकारलाई प्रचण्ड-माधवको चेतावनी, प्रहरीले क्रुरतापूर्वक हमला गर्नु निन्दनीय

१३ माघ, काठमाडौं । संविधान र लोकतन्त्रको रक्षाका लागि सचेत नागरिक आन्दोलनले गरेको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहले विरोध जनाएको छ ।

सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै नागरिक समाजले काठमाडौंमा गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले क्रुरतापूर्वक हमला गर्नु निन्दनीय र खेदजनक भनेका छन् ।

शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक अधिकारको सम्मान गर्न र आइन्दा त्यस्ता कार्यक्रममा दमन र हस्तक्षेप नगर्न सो समूहले सरकारलाई चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button