मेलम्चीमा पुनः पहिलेको जस्तै भिषण बाढी, रेडियो मेलम्चीको भवन र चनौटेको रातो पुल बगायो (४ तस्विर सहित)

शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।

मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ ।

त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए ।

शनिवार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढालेर बगाए । तस्वीर ः देवराज सुवेदी

बाढी चनौटै, ग्याल्थुङ बजारमा बगिरहेको छ। ‘असार १ गतेजस्तै बाढी आइरहेको छ, बाढीले के कति क्षति गरिरहेको छ भन्ने आउन बाँकी छ,’सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले भने।

सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार बाढी चनौटे बजारको बीच भागबाट बगिरहेको छ। तर, त्यहाँका जनतालाई पहिल्यै अन्यत्र सार्ने प्रबन्ध गरिएका कारण मानवीय क्षति भने भएको छैन।

‘पहिले जुन ठाउँबाट बाढी आएको थियो। मुहानबाट फेरि आक्समिक रुपमा बाढी आएको छ। बाढी आएपछि सर्वसाधारणलाई जानकारी दिइएको छ, मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन,’ अधिकारीले भने।

यस्तै रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिए । यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो ।

त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन । बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो ।

पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताए ।

राति आएको बाढीले पु¥याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

यसअघि हेलम्बु गाउँपालिका नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए ।

खोलाबाट असार १ जत्तिकै आवाजमा आएको उनले बताए ।

यसअघि क्षति पुर्‍याएका सबै स्थानमा शनिबारको बाढीले थप क्षति पुर्‍याएको छ। बाढी हेलम्बु– २ को गणेशेबगर, मेलम्ची बजार, चनौटे, ग्याल्थुम, पुरानो बजार, पुलबजार, आमा ह्याल्मो यातायात बसपार्क लगायत क्षेत्रमा पसेको छ।

ती स्थानमा बाढीले बगाएर ल्याएका ढुंगा, काठ र लेदो थप जम्मा भएको स्थानीयले बताएका छन्।

मेलम्चीमा बजार खाली गराइयो, चनौटेको रातो पुल पनि बगायो, रेडियो मेलम्चीको भवन पनि बगायो

सिन्धुपाल्चोकको मेलम्ची खोलामा पानीको सतह बढेपछि बजार क्षेत्र पुनः खाली गराइएको छ ।

स्थानीय बासिन्दाका अनुसार साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लगिएको हो ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले असार १ गतेजस्तै खोलामा बाढी आएको जानकारी दिए ।

उनका अनुसार तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा बस्न जानकारी गराइएको छ ।

अध्यक्ष शेर्पाका अनुसार साँझपख ठूलो पानी परेपनि अहिले भने पानी पर्न रोकिएको छ ।

माथिल्लो भेग नाकोते भन्ने ठाउँमा पहिरो गएको र त्यसपछि खोलाले काठ र लेदो बगाएर ल्याएको उनले जनाए ।

असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन ।

पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताए । राति आएको बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन भइरहेको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button