मेलम्चीको पानी दिउँसो १ बजेबाट घर–घरमा छोडिँदै

आजदेखि काठमाडौंका घर घरमा मेलम्चीको पानी बितरणको थालनी गरिँदैछ ।

चुच्चेपाटीस्थित महांकाल वितरण केन्द्रमा मेलम्चीबाट सुन्दरीजल हुँदै आइपुगेको पानी जम्मा गर्ने काम भइरहेको छ । दिउँसो १ बजेबाट पानी घर घरमा वितरण गर्ने तयारी भएको खानेपानी मन्त्रालयले जनाएको छ । 

पानी वितरण गर्ने तयारी स्वरुप यतिबेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री, खानेपानी मन्त्री, सचिव लगायतका पदाधिकारी बैठक बसिरहेका छन् ।  

उपत्यकामा रहेको पानी वितरणको पुरानै नेटवर्कमार्फत पानी वितरण गर्ने तयारी गरिएको छ  । 

आजको पानी वितरण सफल भएपछि मेलम्चीबाट दैनिक १७ करोड पानी काठमाडौमा नियमित रुपमा बितरण थालिनेछ । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button