मेघा बैंकको एकै दिनमा नयाँ ६ शाखा बिस्तार

काठमाडौं मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकै दिन छ वटा नयाँ शाखा सञ्‍चालनमा ल्याएको छ। बैंकले प्रदेश १ मा एउटा, बागमती प्रदेशमा तीन वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा छ वटा शाखा सञ्‍चालनमा ल्याएको हो।

प्रदेश १ अन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका-१६ स्थित लविपुरमा बैंकले नयाँ शाखा खोलेको छ। बागमती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका-२ बट्टार, चितवनको भरतपुर महानगरपालिका-७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखा सञ्‍चालनमा ल्याएको छ। 

त्यसैगरी लुम्बिनी प्रदेशमा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका-१८ कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी उपमहानगरपालिका-१ एलएन चोकमा पनि नयाँ शाखा सञ्‍चालनमा ल्याएको बैंकले जनाएको छ। यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ शुक्रबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए।

यससँगै मेगा बैंकको शाखा संख्या १८४ पुगेको छ। निकट भविष्यमै थप १० वटा नयाँ शाखाहरु सञ्‍चालनमा आउने तयारी भइरहेको बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button