मृत्युको वर्षौंपछि खुल्यो रहस्य, यसकारण भएको रहेछ उनको अल्पआयुमै मृत्यु

मार्शल आर्ट्सका बादशाह भनेर ब्रुस लीलाई भन्ने गरिन्छ । उनले भने असमयमै यो सन्सार छोडेर गए । उनको ३२ वर्षकै उमेरमा ब्रुस लीको निधन भएको थियो ।

तर, छोटो समयमै उनले धेरैको मन जिते । हलिउडमा चिनियाँ मार्सल आर्टस् ‘कुङ फू’ भित्र्याउने श्रेय ब्रुस लीलाई जान्छ । उनी संसारकै उत्कृष्ट मार्सल आर्टिस्टमध्ये एक हुन् ।

हलिउड फिल्ममा मुख्य भूमिका निभाउने पहिलो एसियन–अमेरिकनका रूपमा पनि उनी चर्चित छन् । अमेरिकाको सान फ्रान्सिस्को, चाइनाटाउनस्थित अस्पतालमा १९४० नोभेम्बर २७ मा जन्मिएका ब्रुस लीको स्थायी घर हङकङ हो । उनका बाबु पनि हङकङका चर्चित कलाकार थिए ।

ब्रुस लीको खास नाम ली जुन फ्यान हो । उनी ‘लिटिल ड्रयागन’ भनेर पनि चिनिन्छन् । यसको कारण, उनी चीनको ड्रयागन वर्ष, ड्रयागन दिन र ड्रयागन घन्टामै जन्मिएका थिए । यस्तो समयमा जन्मिनेहरू सफल हुने विश्वास चिनियाँ समाजमा छ । ब्रुस लीको ख्याती जति चमत्कारिक छ, उत्तिनै रहस्यमयी छ उनको मृत्यु ।

तर मृत्यु भएको यतिका वर्ष पछि केही रहस्य भने खुलेका छन् । उनले गोप्य रुपमा ड्र ग्स प्रयोग गर्थें, उनलाई लेखिएको पत्रले यही सार्वजनिक गर्छ । फिल्म स्टार ब्रुस लीले अर्का फिल्म अभिनेता रोबर्ट बैंकरलाई ५० भन्दा धेरै पत्र लेखेका थिए ।

जहाँ उनको यो आदत वारे उल्लेख छ । बैकहरुलाई लेखिएको पत्रले देखाउँछ कि बैंकरले उनलाई ति कुराहरु सप्लाई गर्ने गरेका थिए । यसमा को किन, ए ल एस डी र गाँ जा समावेश थियो ।

१९६९ देखि ब्रुस लीको निधन हुँदासम्म अर्थात् १९७३ सम्म बैंकरले यी कुराहरु सप्लाई गर्ने गरेका थिए । निधन हुँदाको समय ब्रुस ली केवल ३२ वर्षका थिए ।

मार्सल आर्ट कलाकार एवं हलिउड अभिनेता ब्रुस ली कसरी अल्पायुमै बिते । ब्रुस लीको मृत्यु हुँदा उनकी छोरी शानोन ली चार बर्षकी मात्र थिइन् । आफ्ना पितासँग विताएको क्षणहरुलाई स्मरणिय राख्न उनले एक वृत्तचित्र बनाएकी थिइन् ।

लुम्बिनी प्रदेशको सबै मन्त्रालय राजधानी सार्ने तयारी

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सारिने भएको छ । प्रदेशसभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तीव्रता पाएसँगै आर्थिक वर्ष २०७८÷७९ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय स्थायी राजधानीमा सारिने भएको हो ।

प्रदेश सरकारअन्तर्गत ग्रामीण तथा शहरी विकास मन्त्रालयले स्थायी राजधानी देउखुरी उपत्यकाबाट औपचारिकरूपमा कामकाज शुरु गरेको छ । लुम्बिनी प्रदेश ग्रामीण तथा शहरी विकासमन्त्री हरिप्रसाद रिजालले प्रदेशको हिउँदे अधिवेशनसम्म प्रदेशका सबै मन्त्रालय दाङको देउखुरीमा स्थापना हुने बताउनुभयो ।

गत असोज २० गते प्रदेशसभाबाट स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो ।

स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट मन्त्रालयले कामकाज शुरुआत गरेको अवसरमा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रिजालले प्रदेशसभा भवन निर्माण काम भइरहेको र स्थायी राजधानीको स्थान राप्ती प्राविधिक शिक्षालयलाई गोबरडिहा सार्ने सहमति गरेर शिक्षालयका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण भइरहेकाले सबै कार्यालय छिट्टै देउखुरी आउने विश्वास व्यक्त गर्नुभयो ।

“सबै कार्यालयलाई व्यवस्थापन गर्ने जिम्मेवारी ग्रामीण तथा शहरी विकास मन्त्रालयको भएकाले यहाँ आएर कामको शुरुआत गरेका छौँ ।

केही दिनभित्रै आन्तरिक मामिला तथा कानून मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई स्थायी राजधानीमा सार्ने गरी काम थालेका छौँ”, मन्त्री रिजालले भन्नुभयो, “एक वर्षभित्र सबै मन्त्रालय सार्छौँ र नमूना शहर बनाउँछौँ ।”

प्रदेशसभाको बैठकबाट राजधानी र नाम टुङ्गो लागेको नौ महिनापछि स्थायी राजधानीमा मन्त्रालय स्थापना गरेर कामकाज शुरु गरिनु ऐतिहासिक भएको मन्त्री रिजालले बताउनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पनि राजधानीमा स्थापना गरेर कामकाज थालनीको योजना बनेको उहाँले बताउनुभयो ।

राप्ती उपत्यकाको देउखुरी प्रदेशका सबै जिल्लालाई पायक पर्ने स्थानमा रहेको र देउखुरी प्राकृतिक हिसाबले पनि राजधानीका लागि उत्तम रहेको मन्त्री रिजालको भनाइ छ ।

मन्त्रालयले पहिलो चरणमा राजधानीसँग सम्बन्धित काम नै प्राथमिकताका साथ काम गर्ने भएकाले राजधानीसँग सम्बन्धित सबै कार्यालय स्थापना गरेर नयाँ निर्वाचनमा जाने छ । राप्ती प्राविधिक शिक्षालयभित्र प्रदेशका सबैजसो मन्त्रालय, प्रदेशसभा र केही निर्देशनालय राखिने छ ।

स्थायी राजधानीमा लुम्बिनी प्रदेशसभाको हिँउदे अधिवेशन सञ्चालन गरेर राजधानी कार्यान्यनको गतिलाई थप तीव्रता दिने तयारी भइरहेको छ । रु पाँच करोडभन्दा बढीको लागतमा शिक्षालय परिसभित्र प्रदेशसभा भवन बनिरहेको छ । यो भवनमा हिँउदे अधिवेशनको बैठक राख्ने तयारी रहेको मन्त्री रिजालले बताउनुभयो ।

ग्रामीण तथा शहरी विकास मन्त्रालयले खानेपानी तथा सरसफाइ स्वच्छता, भवन आवास तथा शहरीकरण र पर्यटन प्रवद्र्धन तथा विकाससँग सम्बन्धित रहेर कार्य गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button