मुम्बइनजिकै समुद्रमा बेवारिसे डुंगामा भेटिए घातक हतियार, आतंकवादी आक्रमणको त्रास

काठमाडौं । महाराष्ट्रको हरिहरेश्वर तट (रायगढ जिल्ला) को समुन्द्रमा शंकास्पद डुङ्गा फेला परेपछि त्यहाँ हलचल मच्चिएको छ । डुङ्गामा एके ४७, राइफल र केही कारतूस भेटिएको छ । यसबाहेक डुङ्गामा विस्फोटक पदार्थ पनि थियो ।

यसपछि पूरै रायगढ जिल्लामा अलर्ट जारी गरिएको छ । प्रहरी टोली घटनास्थलमा पुगेर हतियार बरामद गरी अनुसन्धान थालेको छ । अर्कोतर्फ मुम्बई एटीएसको टोली पनि अनुसन्धानका लागि रायगढ गएको छ । स्थानीय प्रहरीका अनुसार हरिहरेश्वर समुद्री किनारमा डुंगा फेला परेको हो । यसबाहेक भारदखोलमा लाइफबोट भेटिएको छ ।

तर, उनीहरुमा कोही पनि उपस्थित थिएनन् । कोस्ट गार्ड र महाराष्ट्र मेरिटाइम बोर्डलाई तुरुन्तै सूचित गरिएको छ। प्रहरीले आवश्यक सबै पहल गरिरहेको छ । डुंगालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो डुङ्गा समुन्द्रको किनारमा भेटिएको हो । प्रहरीले स्थानीयसँग पनि सोधपुछ गरिरहेको छ । यो डुङ्गा भेटिएको ठाउँ मुम्बईबाट २०० किलोमिटर र पुणेबाट १७० किलोमिटर टाढा छ।

रायगडका एसपी अशोक धुधेले हरिहरेश्वर तटमा रहेको डुंगामा एके ४७ भेटिएको पुष्टि गरेका छन् । तर, उनले थप जानकारी भने दिएका छैनन् । उनले अनुसन्धान जारी रहेको बताए । तर, सो डुङ्गा अस्ट्रेलियाली भएको स्रोतले जनाएको छ । त्यसमा केही मानिस थिए । तर, ती व्यक्तिले हरिहरेश्वर तटमा पुगेपछि तटरक्षकलाई समेत जानकारी दिएनन् ।

सामुद्रिक क्षेत्रमा सधैं आतङ्ककारी आउने सम्भावना रहन्छ । यसअघि २६ नोभेम्बर २००८ मा मुम्बईमा आतंकवादी हमला भएको थियो। त्यसबेला लश्करका १० आतंककारी पाकिस्तानबाट समुद्र हुँदै भारत आएका थिए । समुद्र तटमा डुङ्गा छोडेपछि आतंककारीहरूले विभिन्न ठाउँमा गोली चलाउन थाले। आतंककारीहरूले दुई होटल, एउटा अस्पताल र रेलवे स्टेशनलाई निशाना बनाएका थिए। यस आक्रमणमा १६० जनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button