माधव नेपालले आफ्ना कुरा नसुनेपछि गोकर्ण विष्टले गरे यस्तो अठोट

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच पानी बाराबारको अवस्था हुँदा पनि दोस्रो तहका नेता पार्टी एकताका लागि प्रयासमा छन् ।

गोकर्ण विष्ट लगायत दोस्रो तहका नेताहरु ओली पक्षका नेतासंग बारम्बार सम्पर्क र छलफलमा छन् । विघटित कार्यदलमा विष्ट माधव पक्षवाट सदस्य थिए ।

कार्यदलले पार्टी एकताका लागि भन्दै गरेको १० बुँदे सहमतिमा ओली सकारात्मक भएपनि नेपालले अस्वीकार गरिदिए । जसका कारण सो सहमतिमा ओली र नेपालको हस्ताक्षर हुन सकेन ।

आइतवार प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत नदिने भन्दै उनी लगायतका १० नेता संसद भवनवाट बाहिरिएका थिए । नेता विष्टले सोमवार बिहानै समाजिक सञ्जाल मार्फत आफुहरुको पार्टी एकताको प्रकृया अझै पनि कायम रहेको बताएका छन् ।

‘हामी पार्टीलाई एकताबद्ध गर्न निरन्तर प्रयत्न गरिरहेका छौँ । अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि हाम्रो प्रयत्न कायमै रहनेछ । यसबीचमा देखापर्ने विभिन्न घटनाक्रमहरुमा पनि एकताका लागि धैर्यता नगुमाऔं ।

पार्टी पंक्तिले एकता चाहेको छ । भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने हाम्रो दृढ प्रयत्नले अवश्य पनि सफलता पाइछोड्ने छ,’ सचिव बिष्टले भनेका छन् ।

हिजै राजिनामा दिएका भिम रावलले माफी माग्दै यसो भनेपछि….

५ वर्षको कार्यकाकालका लागि मत दिएका आफ्ना मतदातासंग एमाले नेता भिम रावलले माफी मागेका छन् । आइतवार सांसद पदवाट राजिनामा दिएका नेता रावलले आफ्ना अछामी मतदातासंग माफी मागेका हुन् ।

उनले नेतृत्व तह ब्यक्तिगत स्वार्थमा लागेको र त्यसको मतियार आफु नहुने भन्दै सांसद पदवाट राजिनामा दिएका थिए ।

अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार अनैतिक र दूषित राजनीतिको मतियार नहुन आफूले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको भन्दै रावलले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा मागेका हुन् ।

‘उनले भनेका छन् जनता,विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दूषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।’

देउवालाई बिश्वासको मत दिएका माधव नेपालले दिए यस्तो प्रतिकृया

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो ।

आज भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिनुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले एकजना सांसदले मतदान नगर्नुभएको जानकारी दिनुभयो ।

सभामुखले नेपालको संविधानको धारा ७६ को उपधारा ६ बमोजिम प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभयो ।

प्रतिनिधिसभामा नेकपा (एमाले)का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र एक सांसद छन् ।

गत असार २८ गते अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनस्र्थापित भएपछि असार २९ गते प्रधानमन्त्रीमा देउवा नियुक्त हुनुभएको थियो । संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको अर्काे बैठक यही साउन ८ गते दिनको १ बजे बस्नेछ ।

यसै क्रममा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रतिनिधिसभामा आज सम्पन्न मत परिणामले संविधान र लोकतन्त्रको विजय भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आजको परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधानको पक्षमा दलहरूले अभिमत दिनुभएको छ ।”

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्योल र सङ्कटग्रस्त राजनीतिमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी एमाले नेता गोकुल बाँस्कोटाले सरकार परिवर्तन सामान्य घटना भएको र आगामी दिनमा राजनीतिले लिने गतिका आधारमा टिप्पणी गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button